सर्लाहीमा बेपत्ता युवक पोखरीमा मृ*त भेटिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ २४, २०८२
|
|
३९ पटक हेरिएको
Shares
सर्लाहीमा बेपत्ता युवक पोखरीमा मृ*त भेटिए

सारांश

  • सोमबार रातिदेखि घरबाट बेपत्ता भएका अनिलको शव बुधबार बिहान घर नजिकैको पोखरीमा भेटिएको हो।
  • परिवारका अनुसार सोमबार राति खाना खाएपछि सुत्न गएका अनिल मंगलबार बिहानदेखि सम्पर्कविहीन थिए।
  • घरको ढोका खुल्लै भेटिएपछि परिवारले खोजी सुरु गरेको थियो।

सर्लाही, २४ माघ

इश्वरपुर नगरपालिका–७ पोखरीटोलका २० वर्षिय अनिल महतो पोखरीमा मृत अवस्थामा फेला परेका छन्। सोमबार रातिदेखि घरबाट बेपत्ता भएका अनिलको शव बुधबार बिहान घर नजिकैको पोखरीमा भेटिएको हो। परिवारका अनुसार सोमबार राति खाना खाएपछि सुत्न गएका अनिल मंगलबार बिहानदेखि सम्पर्कविहीन थिए। घरको ढोका खुल्लै भेटिएपछि परिवारले खोजी सुरु गरेको थियो।

खोजतलासका क्रममा फेला नपरेपछि मंगलबार प्रहरीमा निवेदन दिइएको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले बुधबार पोखरीमा शव फेला परेको पुष्टि गरे। उनका अनुसार मृतकको साथबाट मोबाइल फोन बरामद भएको छ र घटनाबारे अनुसन्धान भइरहेको छ। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको थियो। पोस्टमार्टमपछि पनि परिवारले निष्पक्ष छानबिनको माग गर्दै शव नबुझेको मृतकका बुवा रामप्रताप महतोले बताए।
अनिलको बुधबार नै विवाहका लागि छेका तय हुने कार्यक्रम रहेको परिवारले जनाएको छ। विवाहको तयारी चलिरहेका बेला घटेको घटनाले स्थानीयस्तरमा शोक र चासो बढाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
अब पठाओ एपबाट हेलिकप्टर पनि बुक गर्न मिल्ने
अब पठाओ एपबाट हेलिकप्टर पनि बुक गर्न मिल्ने
लमही–कोहलपुर खण्डमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु
लमही–कोहलपुर खण्डमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु
यी २५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा (नामावली)
यी २५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा (नामावली)
जिम्मेवारी पाउने लगतै पार्टी संरचनामा व्यापक फेरबदल गर्दै रवि
जिम्मेवारी पाउने लगतै पार्टी संरचनामा व्यापक फेरबदल गर्दै रवि
लुम्बिनीमा अन्तरराष्ट्रिय सांस्कृतिक ‘सेमिनार’ गरिने
लुम्बिनीमा अन्तरराष्ट्रिय सांस्कृतिक ‘सेमिनार’ गरिने
वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आगलागी, सात घर जलेर नष्ट
वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आगलागी, सात घर जलेर नष्ट
सरकारकाे कालाे सूचीमा परेका १३ कम्पनी कुन-कुन हुन्?
सरकारकाे कालाे सूचीमा परेका १३ कम्पनी कुन-कुन हुन्?
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे मेयर हर्क साम्पाङ
धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे मेयर हर्क साम्पाङ