गृह मन्त्रालयद्वारा हालसम्मकै उच्च बेरुजु फर्छ्योट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
गृह मन्त्रालयद्वारा हालसम्मकै उच्च बेरुजु फर्छ्योट

सारांश

  •   बेरुजु फर्छ्यौट गरी वित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशीलता बढेको छ ।
  •   गृहमन्त्री रमेश लेखकको गृह नेतृत्वको पहिलो वर्षमा आ व २०८१/०८२ मा हालसम्मकै उच्च  २ अर्ब ३६ करोड १२ लाख ६३ हजार बेरुजु रकम गृह मन्त्रालयले फर्छ्यौट गरेको छ ।
  • अघिल्लो आर्थिक बर्षसम्म गृह मन्त्रालय अन्तर्गत कुल बेरुजु ३ अर्ब ७२ करोड ४५ लाख ८७ हजार फर्छ्यौट बाँकी रहेको थियो ।

३ भदौ, काठमाण्डौं। 

बेरुजु फर्छ्यौट गरी वित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशीलता बढेको छ ।  गृहमन्त्री रमेश लेखकको गृह नेतृत्वको पहिलो वर्षमा आ व २०८१/०८२ मा हालसम्मकै उच्च  २ अर्ब ३६ करोड १२ लाख ६३ हजार बेरुजु रकम गृह मन्त्रालयले फर्छ्यौट गरेको छ । अघिल्लो आर्थिक बर्षसम्म गृह मन्त्रालय अन्तर्गत कुल बेरुजु ३ अर्ब ७२ करोड ४५ लाख ८७ हजार फर्छ्यौट बाँकी रहेको थियो ।  गृह मन्त्रालय आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खडानन्द अधिकारीले गृहमन्त्री लेखकको निर्देशन तथा गृहसचिवको समन्वय तथा निर्देशन र मातहतका निकायहरुको सहयोग र आर्थिक प्रशासनको सक्रियताले सम्परीक्षण र वित्तीय सुशासन कायम गर्न मन्त्रालय अग्रस्थानमा रहेको बताए ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा सम्परीक्षण तथा फर्छ्यौट प्रगति ६३.१७ प्रतिशत रहेको छ । “ चालु आर्थिक वर्षमा अब १ अर्ब ४७ करोड ४५ लाख मात्रै कुल बेरुजु बाँकी छ ।” आर्थिक प्रशासन शाखाका प्रमुख अधिकारीले भने–“ कार्य योजना बनाएरै मन्त्रालय बेरुजु फच्र्यौटमा लागेको छ ।” उनले तीन वर्ष यताको बेरुजुको अवस्था हेर्दा आर्थिक बर्ष २०८१/ ०८२ मा लेखापरीक्षण अंकको आधारमा बेरुजु ०.०९ प्रतिशतमा झरेको बताए । “ आर्थिक बर्ष २०७८/०७९ मा १.४१ प्रतिशत लेखापरीक्षण अंकको आधारमा बेरुजु थियो ।” अधिकारीले भने–“ अहिले शून्य प्रतिशतमा झरेको छ ।”

मन्त्रालयले बेरुजु फच्र्यौट समन्वयका लागि आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिले विगत बर्षहरुको बेरुजु लागतलाई अभिलेखीकरण गर्ने, नियमित कार्य योजना बमोजिम समितिको बैठक बसेर प्रगति समीक्षा गर्ने लगायतका काम निरन्तर गर्दै आएको छ । त्यसका साथै मन्त्रालयले असुल उपर र पेस्की बेरुजुका सम्बन्धमा सम्बन्धित निकायका र व्यक्तिलाई ताकेता गर्ने बेरुजु फच्र्यौट, सम्परीक्षण र वित्तीय सुशासन सम्बन्धी काम गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरहरा भोलिदेखि दैनिक १२ घण्टा खुल्ने
धरहरा भोलिदेखि दैनिक १२ घण्टा खुल्ने
पर्सामा सीडीओ कार्यालय अघि मिटर ब्याज पीडितले गरे आत्मदाहको प्रयास
पर्सामा सीडीओ कार्यालय अघि मिटर ब्याज पीडितले गरे आत्मदाहको प्रयास
आजको मौसम : पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
जनता आवास कार्यक्रमबाट निर्माण गरिएका दुई सय ४८ घर हस्तान्तरण
जनता आवास कार्यक्रमबाट निर्माण गरिएका दुई सय ४८ घर हस्तान्तरण
न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, सञ्चालक पक्राउ
न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, सञ्चालक पक्राउ
नागार्जुनमा पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु, दुई जना घाइते
नागार्जुनमा पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु, दुई जना घाइते
प्रतिनिधि सभा निर्वाचन २०८२ : ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची बाँकी
प्रतिनिधि सभा निर्वाचन २०८२ : ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची बाँकी
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
१०–१५ हजारका जुलुस सधैं निस्किन्छन्, भोलि पनि हुने त्यही हो : प्रधानमन्त्री
१०–१५ हजारका जुलुस सधैं निस्किन्छन्, भोलि पनि हुने त्यही हो : प्रधानमन्त्री
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा