Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्लाहीमा कार दु*र्घटना : एक जनाको मृ*त्यु, तिन जना घाईते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २१, २०८२
|
|
६३ पटक हेरिएको
Shares
सर्लाहीमा कार दु*र्घटना : एक जनाको मृ*त्यु, तिन जना घाईते

सारांश

  • पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा  बुधबार बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन्।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार काँकडभिट्टाबाट बुटवलतर्फ गइरहेको लु ३ च ५४७२ नम्बरको कार ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलको तेस्रो कज्वेमा अनियन्त्रित भई दुर्घटना भएको हो।
  • दुर्घटनामा रूपन्देहीको बुटवल उपमहानगरपालिका–१ निवासी २७ वर्षीय शुभम जैसवालको मृत्यु भएको छ।

 

२१ माघ, सर्लाही ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा  बुधबार बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार काँकडभिट्टाबाट बुटवलतर्फ गइरहेको लु ३ च ५४७२ नम्बरको कार ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलको तेस्रो कज्वेमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा रूपन्देहीको बुटवल उपमहानगरपालिका–१ निवासी २७ वर्षीय शुभम जैसवालको मृत्यु भएको छ।

दुर्घटनाको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले कारमा सवार चारै जनालाई उद्धार गरी उपचारका लागि बर्दिवास पु¥याएको थियो। गम्भीर घाइते शुभमको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। दुर्घटनामा घाइते हुनेमा कार चालक २३ वर्षीय साहिल बर्मा, ४८ वर्षीय बृजकिशोर बर्मा र ५२ वर्षीय सजय जैसवाल रहेका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार सजय जैसवालको अवस्था गम्भीर छ। घाइतेहरूलाई टाउको, छाती र ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकाध मान्छेका स्वार्थको पछि देश लाग्न सक्दैन : प्रधानमन्त्री
एकाध मान्छेका स्वार्थको पछि देश लाग्न सक्दैन : प्रधानमन्त्री
नेपाल-भारतबीच व्यापार सहजीकरणका लागि वार्ता   
नेपाल-भारतबीच व्यापार सहजीकरणका लागि वार्ता   
तीनकुनेमा आगलागीमा परेको घरमा जलेर एभिन्युज टिभीका पत्रकारको मृत्यु
तीनकुनेमा आगलागीमा परेको घरमा जलेर एभिन्युज टिभीका पत्रकारको मृत्यु
अरु कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईँ
अरु कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईँ
शिवरात्रिमा भीआईपी दर्शन पास बन्द
शिवरात्रिमा भीआईपी दर्शन पास बन्द
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
४ किलो लागूऔषध गाजा सहित रौतहटबाट एक जना पक्राउ
४ किलो लागूऔषध गाजा सहित रौतहटबाट एक जना पक्राउ
तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सुरू हुँदै
तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सुरू हुँदै
विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो
विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो
भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण
भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण