सर्लाहीमा कार दु*र्घटना : एक जनाको मृ*त्यु, तिन जना घाईते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २१, २०८२
|
|
५४ पटक हेरिएको
Shares
सर्लाहीमा कार दु*र्घटना : एक जनाको मृ*त्यु, तिन जना घाईते

सारांश

  • पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा  बुधबार बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन्।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार काँकडभिट्टाबाट बुटवलतर्फ गइरहेको लु ३ च ५४७२ नम्बरको कार ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलको तेस्रो कज्वेमा अनियन्त्रित भई दुर्घटना भएको हो।
  • दुर्घटनामा रूपन्देहीको बुटवल उपमहानगरपालिका–१ निवासी २७ वर्षीय शुभम जैसवालको मृत्यु भएको छ।

२१ माघ, सर्लाही ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा  बुधबार बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार काँकडभिट्टाबाट बुटवलतर्फ गइरहेको लु ३ च ५४७२ नम्बरको कार ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलको तेस्रो कज्वेमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा रूपन्देहीको बुटवल उपमहानगरपालिका–१ निवासी २७ वर्षीय शुभम जैसवालको मृत्यु भएको छ।

दुर्घटनाको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले कारमा सवार चारै जनालाई उद्धार गरी उपचारका लागि बर्दिवास पु¥याएको थियो। गम्भीर घाइते शुभमको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए। दुर्घटनामा घाइते हुनेमा कार चालक २३ वर्षीय साहिल बर्मा, ४८ वर्षीय बृजकिशोर बर्मा र ५२ वर्षीय सजय जैसवाल रहेका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार सजय जैसवालको अवस्था गम्भीर छ। घाइतेहरूलाई टाउको, छाती र ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण
नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण
२६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
२६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने
आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रचण्डको छटपटी बढेको छ, बोलीमा तथ्य होइन कुण्ठा देखिन्छ : पोखरेल
प्रचण्डको छटपटी बढेको छ, बोलीमा तथ्य होइन कुण्ठा देखिन्छ : पोखरेल
संसदको संयुक्त बैठकअघि राष्ट्रियसभाको बैठक बस्दै
संसदको संयुक्त बैठकअघि राष्ट्रियसभाको बैठक बस्दै
तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ : कांग्रेस
तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ : कांग्रेस
दोलखा केन्द्रविन्दु भएर भूकम्प
दोलखा केन्द्रविन्दु भएर भूकम्प
अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुन्छ : राष्ट्रपति
अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुन्छ : राष्ट्रपति
भरुवा बन्दुकसहित मकवानपुरमा एक जना पक्राउ
भरुवा बन्दुकसहित मकवानपुरमा एक जना पक्राउ