धनगढीबाट काठमाडौँ आउने हवाई भाडा १७ हजारबाट ६५ सयमा झर्‍यो!

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २४, २०८१
|
|
२९ पटक हेरिएको
Shares
धनगढीबाट काठमाडौँ आउने हवाई भाडा १७ हजारबाट ६५ सयमा झर्‍यो!

सारांश

  • काठमाडौँ-धनगढीको भाडा १७ हजार रुपैयाँसम्म लिने गरेका उनीहरूले शुक्रबार धनगढीबाट काठमाडौँ आउन ६ हजार ५ सय मात्र भाडा लिने भएका हुन्।
  •   त्यसो त बुद्ध एयर र श्री एयरलाइन्सले आजैदेखि धनगढीबाट काठमाडौँ ६ हजार ५ सय रुपैयाँमै यात्रु ल्याइरहेका छन्।
  • यस्तै वायुसेवा कम्पनीहरूले दसैँको टीका अर्थात् शनिबारका लागि धनगढीबाट काठमाडौँ आउन  ७ हजार ९ सय रुपैयाँ मात्र भाडा लिने भएका छन्।

 

२४ असोज, विभिन्न स्थानबाट काठमाडौँ आउने यात्रु पाउन मुस्किल भएपछि वायुसेवा कम्पनीहरूले दसैँ टीकाको दिन (असोज २६ गते) सम्मका लागि भाडा घटाएका छन्।

काठमाडौँ-धनगढीको भाडा १७ हजार रुपैयाँसम्म लिने गरेका उनीहरूले शुक्रबार धनगढीबाट काठमाडौँ आउन ६ हजार ५ सय मात्र भाडा लिने भएका हुन्।  त्यसो त बुद्ध एयर र श्री एयरलाइन्सले आजैदेखि धनगढीबाट काठमाडौँ ६ हजार ५ सय रुपैयाँमै यात्रु ल्याइरहेका छन्। यस्तै वायुसेवा कम्पनीहरूले दसैँको टीका अर्थात् शनिबारका लागि धनगढीबाट काठमाडौँ आउन  ७ हजार ९ सय रुपैयाँ मात्र भाडा लिने भएका छन्। तर शनिबार नै काठमाडौँबाट धनगढी जान भने १६ हजार ७४५ रुपैयाँ भाडा लिनेछन्। फेरि भोलिपल्ट आइतबारका लागि भने यो भाडा घटाएर ७ हजार ९ सय रुपैयाँ राखिएको छ।

आइतबार भने धनगढीबाट काठमाडौँ आउन पनि ११ हजार ८६० रुपैयाँ भाडा लिइने कम्पनीहरूले जनाएका छन्। तर सोही रुटका लागि सोमबार १२ हजार ९५९ रुपैयाँ र मंगलबार ११ हजार १६० रुपैयाँ भाडा लिइने उल्लेख छ।यसैगरी शुक्रबार र शनिबार भैरहवाबाट काठमाडौँ आउन ४ हजार ५० रुपैयाँ भाडा लाग्ने छ। आइतबारलाई काठमाडौँबाट भैरहवा जान ५ हजार ४ सय रुपैयाँ भाडा तोकिएको छ।  त्यस्तै शुक्रबार पोखराबाट काठमाडौँ आउन २८ सय रुपैयाँ मात्रै लाग्ने छ। शनिबारका लागि भने ४ हजार ४ सय तथा आइतबार र सोमबारका लागि न्यूनतम भाडा ५ हजार ३ सय ४२ रुपैयाँ तोकिएको छ।

शुक्रबारलाई विराटनगरबाट काठमाडौँको हवाई भाडा ४ हजार ५ सय, शनिबार ५ हजार ७ सय र आइतबार ९ हजार ६५० रुपैयाँ तोकिएका छन्।  दसैँको टीकाको भोलिपल्ट आइतबारदेखि काठमाडौँ आउन महँगो र काठमाडौँबाट बाहिर जान सस्तो हवाई भाडा लाग्ने देखिएको छ।दसैँका बेला यात्रु एकतर्फी मात्रै पाइने हुँदा भाडा धेरै तलमाथि हुने हवाई कम्पनीको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?