तराई मधेशमा माटो खेलेर जुडशितल पर्व मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २, २०८३
|
|
१३२ पटक हेरिएको
Shares
तराई मधेशमा माटो खेलेर जुडशितल पर्व मनाइँदै

सारांश

  •   तराई मधेशमा आज माटो खेलेर जुडशितल पर्व मनाइँदै छ ।
  • बैशाख २ गत्ते तराई मधेशमा ठूला बडाले आफू भन्दा सानोको टाउकोमा शितल जल हालेर आर्शिवाद दिने र माटो पनि खेल्ने परम्परा रहेको छ ।
  •  तराई मधेश क्षेत्रमा आजबाट गर्मी बढ्दै जाने मानिन्छ ।

२ वैशाख, जनकपुरधाम ।  

तराई मधेशमा आज माटो खेलेर जुडशितल पर्व मनाइँदै छ । बैशाख २ गत्ते तराई मधेशमा ठूला बडाले आफू भन्दा सानोको टाउकोमा शितल जल हालेर आर्शिवाद दिने र माटो पनि खेल्ने परम्परा रहेको छ । तराई मधेश क्षेत्रमा आजबाट गर्मी बढ्दै जाने मानिन्छ । माटोले शरीरलाई शितल बनाउने र अन्य पोषण प्रदान गर्ने विश्वासका साथ आजको दिन माटो खेल्ने गरिन्छ । जनकपुरधाममा आजको दिनलाई विशेष उत्सव झंै मनाईन्छ । जनकपुरधामका विभिन्न पोखरी, ताल तलैयाहरुमा स्थानीयहरु जम्मा भएर एक अर्कालाई आर्शिवाद दिनुका साथै माटो दलेर जुडशितल मनाउने गर्छन ।

सोही क्रममा आज प्रतिनिधिसभा सदस्य रास्वपाका पर्वक्ता मनिष झाले पनि जनकपुरधामको अरगज्जा पोखरीको डिलमा माटो खेलेका छन् ।  जनकपुरधामका स्थानीय तथा विशिष्ट व्यक्तिहरुको उपस्थितीमा उनले माटो खेलेका छन् । उनले मिथिलाका परम्परा र पर्व प्रत्यक्ष प्रकृतिसंग जुडेको हुनाले आज दिन विशेष रहेको बताए ।

उनले जुडशितल पर्वमा कुनै जातजाती, लिंङ्ग, धर्मबीच भेदभाव नगरी सबैले एक अर्कासंग माटो खेलेर माया साट्ने बताए ।
जुडशितलको दिन तराई मधेशमा विशेष परिकार (करही, तरुवा, सोइजनको तरकारी, दही) खाने परम्परा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँकेको नेपालगञ्जमा कर्फ्यु
बाँकेको नेपालगञ्जमा कर्फ्यु
मलान र साउदको शतकीय साझेदारीमा जनकपुरविरुद्ध चितवनको १७७ रनको चुनौतीपूर्ण लक्ष्य
मलान र साउदको शतकीय साझेदारीमा जनकपुरविरुद्ध चितवनको १७७ रनको चुनौतीपूर्ण लक्ष्य
मधेस प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गरिने
मधेस प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गरिने
पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
एमाले संसदीय दलको बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
अमेरिकाविरुद्ध दिपेन्द्रको अर्ध सतक
अमेरिकाविरुद्ध दिपेन्द्रको अर्ध सतक
लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरे प्रधानमन्त्री ओली सहभागी कार्यक्रम
लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरे प्रधानमन्त्री ओली सहभागी कार्यक्रम
एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ : कुलमान घिसिङ
एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ : कुलमान घिसिङ
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति
पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने