एकाध मान्छेका स्वार्थको पछि देश लाग्न सक्दैन : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
७४ पटक हेरिएको
Shares
एकाध मान्छेका स्वार्थको पछि देश लाग्न सक्दैन : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरूको स्वार्थको पछि देश लाग्न नसक्ने बताएका छन् ।
  • मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा उनले पछिल्लो समय व्यवस्था र संविधानका विरुद्धमा आवाज उठ्न लागेको भन्दै त्यसतर्फ आपत्ति जनाए ।
  • प्रधानमन्त्री ओलीले अहिलेको भन्दा राम्रो प्रणाली के हो ?

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरूको स्वार्थको पछि देश लाग्न नसक्ने बताएका छन् । मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा उनले पछिल्लो समय व्यवस्था र संविधानका विरुद्धमा आवाज उठ्न लागेको भन्दै त्यसतर्फ आपत्ति जनाए । प्रधानमन्त्री ओलीले अहिलेको भन्दा राम्रो प्रणाली के हो ? भन्दै प्रश्न गरे ।

‘अहिले व्यवस्था र संविधानका विरुद्धमा पनि केही आवाज उठ्न थालेको छ । स्पष्ट के हो भने, चाहियो के त ? यो भन्दा बेटर प्रणाली कुनै छ भने ठिक छ । यो भन्दा राम्रो प्रणाली के हो ?,’ प्रधानमन्त्री ओलीले भने, ‘एकाध मान्छेका स्वार्थहरूको पछाडि देश लाग्न सक्दैन । बेटर प्रणालीका लागि संविधान र सरकार तयार छ । जनता तयार छन् ।’ त्यसका लागि शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक प्रणालीको बाटोमा सरकार रहेको जिकिर गरे ।

‘शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक प्रणाली, बाटो त्यसका लागि तयार गरेका छौं । आजको हाम्रो तरिका त्यो हो । सामाजिक मूल्यमान्यतालाई दखल नपारि अघि बढ्ने बाटो हो । त्यो गर्छौं । यसरी हामी राजनीतिक हिसाबले स्पष्ट छौं,’ प्रधानमन्त्री ओलीले भने । उनले अहिलेको प्रणाली नै नागरिक सर्वोच्चता भएको भन्दै अहिले सरकार समाजवादतर्फ उन्मुख भएको जिकिर गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्कुल बसको ठक्करले तीन वर्षीया बालिकाको मृत्यु
स्कुल बसको ठक्करले तीन वर्षीया बालिकाको मृत्यु
बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला
बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला
महोत्तरीको रामगोपालपुरका वडाध्यक्ष मुकेश यादवको हत्या आरोपमा दुईजना पक्राउ
महोत्तरीको रामगोपालपुरका वडाध्यक्ष मुकेश यादवको हत्या आरोपमा दुईजना पक्राउ
परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता : युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग
परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता : युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध
२४ घन्टा नबित्दै प्रमुख  प्रसासकिय अधिकृतको जिम्मेवारी रद्द
२४ घन्टा नबित्दै प्रमुख प्रसासकिय अधिकृतको जिम्मेवारी रद्द
आज १ बजे प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
आज १ बजे प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
विद्युत् चुहिएर वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति
विद्युत् चुहिएर वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति
एमालेमा केन्द्रीय कमिटी बैठक सार्नेबारे छलफल
एमालेमा केन्द्रीय कमिटी बैठक सार्नेबारे छलफल
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ