गगन थापालाई भोलि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ८, २०८२
|
|
६६ पटक हेरिएको
Shares
गगन थापालाई भोलि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस

सारांश

  •   नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई आसन्न प्रतिनिधि सभाको निर्वाचनमा भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने भएको छ।
  •   शुक्रबार दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकबाट सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा घोषणा गर्न लागिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए।
  • सभापति थापाको सचिवालयका अनुसार पार्टीले भावी प्रधानमन्त्रीको घोषणा गरेपछि उनी आफ्नो चुनावी क्षेत्र सर्लाही-४ मा जाने कार्यक्रम छ।

 

८ माघ, काठमाडौं । 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई आसन्न प्रतिनिधि सभाको निर्वाचनमा भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने भएको छ।  शुक्रबार दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकबाट सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा घोषणा गर्न लागिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए।

सभापति थापाको सचिवालयका अनुसार पार्टीले भावी प्रधानमन्त्रीको घोषणा गरेपछि उनी आफ्नो चुनावी क्षेत्र सर्लाही-४ मा जाने कार्यक्रम छ।  आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि सभापति थापाले वारेसमार्फत सर्लाही-४ मा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसका मधेस प्रदेश सभा सदस्य वीरेन्द्र सिंहको टोलीले सर्लाही-४ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर माघ ६ मा उम्मेदवारी दर्ता गराएको थियो।

गत पुस ३० गते विशेष महाविधेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गरी थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। पार्टीको आन्तरिक कलहका कारण नवनिर्वाचित केन्द्रीय कार्यसमिति केन्द्रीय कार्यालय, सानेपामा नगई बाहिर नै बैठक राख्दै आएको थियो। नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि पहिलोपल्ट शुक्रबार सानेपामा बैठक बस्न लागेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ