सर्लाहीमा १३ गते बाट दादुरा-रुबेला खोप अभियान सुरु
६ फागुन, सर्लाही। सर्लाहीमा फागुन १३ गते बाट दादुरा/रुबेला खोप अभियान सुरु हुने भएको छ । मलंगवा नगरपालिकामा रहेको श्रीमति कृष्णादेवी जनता मा.वि मा दादुरा/रुबेला खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यलय सर्लाहीका प्रमुख नवल किशोर झाले जानकारी दिए ।
दादुरा/रुबेला खोप फागुन १३ गते शुभारम्भ भइ १६ देखि २२ गते सम्म चल्ने छ । सर्लाहीको २० वटा पालिकाको २ सय ४ वटा खोप केन्द्रहरुमा दादुरा/रुबेला विरुद्धको खोप बालबालिकालाई लगाइने प्रमुख झाले बताए । खोप ९ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुलाई लगाइने छ। खोप संचालन गर्नु पुर्व स्वास्थ्य चौकीका कर्मचारी, महिला स्वयंसेविका, शिक्षकहरुलाई तालिम प्रदान गरिने छ । बी:स २०३४ साल देखि नेपालमा राष्ट्रिय खोप कार्यक्रम सुरु भएको हो। सो कार्यक्रम मार्फत १३ थरीका एन्टीजेन खोप बालबालिकालाई दिन सुरु गरिएको स्वास्थ्य कार्यलय सर्लाहीले जनाएको छ ।
नेपालमा नियमित खोप १५ महिना सम्मका बालबालिकालाई १६ हजार भन्दा बढी खोपकेन्द्र मार्फत खोप लगाउने गरिएको छ। अहिले पनि १६ प्रतिशत बालबालिका खोप बाट बञ्चित छन् भने ४% बालबालिका शुन्य डोजमा रहेको छ । हाल सर्लाही जिल्ला भरी ७ सय २० वटा नियमित खोपकेन्द्रहरु रहेका छन । दादुरा/रुबेला खोप अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, खोप समन्वय समितिका अध्यक्ष कौशल किशोर सिंह, युनिसेफका प्रतिनिधि मेघराज मगर, जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पजियार थारु लगायत सर्लाहीका पत्रकारहरूको उपस्थिति रहेको थियो ।
Post Comment