सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

बीपी राजमार्ग : खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १७, २०८२
|
|
६७ पटक हेरिएको
Shares
बीपी राजमार्ग : खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत

सारांश

  • गत वर्षको असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास) को कटुञ्जेबेँसी, मंगलटार, नेपालथोक सडकखण्ड डाइभर्सन बनाएर सञ्चालनमा छ ।
  • बाढीले सडक नै बगाएपछि यो वर्षदेखि खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत भइरहेको छ ।
  • खोलाबाट नै बनाइएको सडकबाट यात्रा गर्दा जोखिम त छ नै यात्रुलाई क्षतिग्रस्त खण्ड पार गर्न लाग्ने समय पनि बढेको छ ।

१७ पुष, काठमाडौँ ।

गत वर्षको असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास) को कटुञ्जेबेँसी, मंगलटार, नेपालथोक सडकखण्ड डाइभर्सन बनाएर सञ्चालनमा छ । बाढीले सडक नै बगाएपछि यो वर्षदेखि खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत भइरहेको छ ।

खोलाबाट नै बनाइएको सडकबाट यात्रा गर्दा जोखिम त छ नै यात्रुलाई क्षतिग्रस्त खण्ड पार गर्न लाग्ने समय पनि बढेको छ । अझ धुलाम्य सडक खण्डमा उड्ने धुलो नियन्त्रण गर्न पानी हाल्दा सडकमा सवारी चिप्लिने र दुर्घटना हुने सम्भावना पनि बढी छ ।

यो राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि भने करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले बीपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरेको भए पनि पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन ।

सो राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो ।

खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज राति तराई र पहाडमा तीव्र वेगको हुरी चल्ने सम्भावना, सुन्तला र पहेँलो रङसहित चेतावनी जारी
आज राति तराई र पहाडमा तीव्र वेगको हुरी चल्ने सम्भावना, सुन्तला र पहेँलो रङसहित चेतावनी जारी
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
संसद् पुनर्स्थापनाका पक्षमा सकरात्मक छलफल गरिरहेका छौँः महेश बस्नेत
संसद् पुनर्स्थापनाका पक्षमा सकरात्मक छलफल गरिरहेका छौँः महेश बस्नेत
इलाममा पहिरोमा पुरिएर १७ जनाको मृत्यु
इलाममा पहिरोमा पुरिएर १७ जनाको मृत्यु
दुई सय ६० जनाको वीरगञ्ज नाकाबाट उद्धार
दुई सय ६० जनाको वीरगञ्ज नाकाबाट उद्धार
कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि सर्वसम्मतिले पारित
कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यविधि सर्वसम्मतिले पारित
काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा
काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा
नेपालमा व्यवासाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ
चोरीको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ
चोरीको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ
तीन दशकको कुशासन भ्रष्टाचारले युवामा बढ्दो निराशा र बेरोजगारी : सांसद अधिकारी
तीन दशकको कुशासन भ्रष्टाचारले युवामा बढ्दो निराशा र बेरोजगारी : सांसद अधिकारी