बीपी राजमार्ग : खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १७, २०८२
|
|
५० पटक हेरिएको
Shares
बीपी राजमार्ग : खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत

सारांश

  • गत वर्षको असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास) को कटुञ्जेबेँसी, मंगलटार, नेपालथोक सडकखण्ड डाइभर्सन बनाएर सञ्चालनमा छ ।
  • बाढीले सडक नै बगाएपछि यो वर्षदेखि खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत भइरहेको छ ।
  • खोलाबाट नै बनाइएको सडकबाट यात्रा गर्दा जोखिम त छ नै यात्रुलाई क्षतिग्रस्त खण्ड पार गर्न लाग्ने समय पनि बढेको छ ।

१७ पुष, काठमाडौँ ।

गत वर्षको असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास) को कटुञ्जेबेँसी, मंगलटार, नेपालथोक सडकखण्ड डाइभर्सन बनाएर सञ्चालनमा छ । बाढीले सडक नै बगाएपछि यो वर्षदेखि खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत भइरहेको छ ।

खोलाबाट नै बनाइएको सडकबाट यात्रा गर्दा जोखिम त छ नै यात्रुलाई क्षतिग्रस्त खण्ड पार गर्न लाग्ने समय पनि बढेको छ । अझ धुलाम्य सडक खण्डमा उड्ने धुलो नियन्त्रण गर्न पानी हाल्दा सडकमा सवारी चिप्लिने र दुर्घटना हुने सम्भावना पनि बढी छ ।

यो राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि भने करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले बीपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरेको भए पनि पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन ।

सो राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो ।

खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षायामको सुरुवात सँगै देशका ७३ जिल्लामा फैलियो डेंगु
वर्षायामको सुरुवात सँगै देशका ७३ जिल्लामा फैलियो डेंगु
प्रधानमन्त्रीको चीन भ्रमणले विमानस्थल आधा घण्टा बन्द
प्रधानमन्त्रीको चीन भ्रमणले विमानस्थल आधा घण्टा बन्द
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने
‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’
‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’
बुटवलबाट गुल्मी जाँदै गरेको ईभी गाडी दुर्घटना, ३ जना यात्रु गम्भीर घाइते
बुटवलबाट गुल्मी जाँदै गरेको ईभी गाडी दुर्घटना, ३ जना यात्रु गम्भीर घाइते
९ वर्षयता पहिलो पटक पाकिस्तान भ्रमणमा भारतीय विदेशमन्त्री
९ वर्षयता पहिलो पटक पाकिस्तान भ्रमणमा भारतीय विदेशमन्त्री
नियमित काममा फर्किए प्रचण्ड र माधव नेपाल
नियमित काममा फर्किए प्रचण्ड र माधव नेपाल
नेप्सेको सीईओ बन्न १० जनाले दिए आवेदन
नेप्सेको सीईओ बन्न १० जनाले दिए आवेदन
राष्ट्रिय मुक्ति पार्टी नेपालको घोषणापत्र सार्वजनिक
राष्ट्रिय मुक्ति पार्टी नेपालको घोषणापत्र सार्वजनिक
ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै ग्यास लिक,सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द
ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै ग्यास लिक,सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द