पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा: गगन थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ९, २०८२
|
|
४९ पटक हेरिएको
Shares
पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा: गगन थापा

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको उपसभापति पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक सभापति भएको बताएका छन् ।
  • पार्टीको बुधबार बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सबै शक्ति सभापति शेरबहादुर देउवाले राखेर खड्कालाई कार्यवाहक दिएको बताएका हुन् ।
  • ‘सभापतिले कार्यवाहक दिनु भएको छ ।

९ पुस, काठमाडौँ ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको उपसभापति पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक सभापति भएको बताएका छन् । पार्टीको बुधबार बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सबै शक्ति सभापति शेरबहादुर देउवाले राखेर खड्कालाई कार्यवाहक दिएको बताएका हुन् । ‘सभापतिले कार्यवाहक दिनु भएको छ । नाम मात्रको कार्यवाहक दिनु भयो ।

आजको बैठकमा आउनु भएको छैन तर, सबै शक्ति उतै (देउवाकहाँ) छ,’ थापाले भने । गत असोज २८ गतेको केन्द्रीय समिति बैठकको उद्घाटन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । भदौ २४ मा जेनजी आन्दोलनकारीको आक्रमणमा परेका देउवा दम्पतीत्यसपछि उपचारका लागि विदेश गएको थियो । विदेशबाट एक महिनापछि फर्किँदा पनि कांग्रेस केन्द्रीय समिति बैठक जारी नै थियो । त्यसपछि देउवा पुन: पार्टी राजनीतिमा सक्रिय भएका थिए । अहिले अन्य राजनीतिक दलका नेतृत्व, सरकारसँगको संवाद, राष्ट्रपतिसँग छलफल गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई आयोगको निर्देशन
फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई आयोगको निर्देशन
मेघ गर्जनसहित वर्षाको सम्भावना, गर्मी कम हुँदै जाने
मेघ गर्जनसहित वर्षाको सम्भावना, गर्मी कम हुँदै जाने
देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्, मेयर बालेन शाह
देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्, मेयर बालेन शाह
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
सर्वोच्चद्धारा कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार
सर्वोच्चद्धारा कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार
जबरजस्ती करणी गरेको अभियोगमा धादिङ र कैलालीबाट दुई जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा धादिङ र कैलालीबाट दुई जना पक्राउ
एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ
एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ
खाद्य स्वच्छता विधेयक संसदीय समितिबाट पारित
खाद्य स्वच्छता विधेयक संसदीय समितिबाट पारित
काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन
काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति