सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १८, २०८२
|
|
५१ पटक हेरिएको
Shares
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृ*त्यु

सारांश

  • चितवनको रत्ननगर–६ सौराहास्थित होटल पार्क साइटको चौथो तलाबाट खस्दा सिन्धुलीको कमलामाई नगरपालिका–६ निवासी शिद्धबाबा स्कुलमा अध्ययनरत १८ वर्षीया छात्रा स्नेहा पाख्रिनको मंगलबार राति मृत्यु भएको छ ।
  • मंगलबार राति ११ बजे तिर होटलको चौथो तलाबाट खसेर गम्भीर घाइते भएकी पाख्रिनलाई तत्कालै उद्धार गरी बकुलहर अस्पताल टाँडी पुयाइएको थियो ।
  • उपचारका क्रममा राति २३ः४५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

१८ मंसिर, रामेछाप ।

चितवनको रत्ननगर–६ सौराहास्थित होटल पार्क साइटको चौथो तलाबाट खस्दा सिन्धुलीको कमलामाई नगरपालिका–६ निवासी शिद्धबाबा स्कुलमा अध्ययनरत १८ वर्षीया छात्रा स्नेहा पाख्रिनको मंगलबार राति मृत्यु भएको छ । मंगलबार राति ११ बजे तिर होटलको चौथो तलाबाट खसेर गम्भीर घाइते भएकी पाख्रिनलाई तत्कालै उद्धार गरी बकुलहर अस्पताल टाँडी पुयाइएको थियो । उपचारका क्रममा राति २३ः४५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । पाख्रिन शैक्षिक भ्रमणका लागि सौराहा पुगेकी थिइन् ।

घटना इलाका प्रहरी कार्यालय रत्ननगर–टाँडीको क्षेत्राधिकारभित्र पर्ने भएकाले प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक विवरण सङ्कलन गर्दै आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ । प्रहरीका अनुसार होटेलभित्रको अवस्थामा कायमै राखेर थप तथ्य सङ्कलन गरिँदैछ । शैक्षिक भ्रमणमा गएकी किशोरीको यस्तो दुःखद दुर्घटनाले विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायमा गहिरो पीडा छाएको छ । प्रहरीले घटनाको सबै पक्ष स्पष्ट हुने गरी अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिंकु सदाय मृत्यु प्रकरण:  पञ्चायत गर्ने वडा सदस्य साहसहित चारजना पक्राउ
रिंकु सदाय मृत्यु प्रकरण: पञ्चायत गर्ने वडा सदस्य साहसहित चारजना पक्राउ
टी–२० विश्वकप एशिया छनोटमा नेपाल हङकङसँग खेल्दै
टी–२० विश्वकप एशिया छनोटमा नेपाल हङकङसँग खेल्दै
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल
काभ्रेको पाँचखालमा बस दुर्घटना, ८ जना घाइते
काभ्रेको पाँचखालमा बस दुर्घटना, ८ जना घाइते
बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ
बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ
सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल सम्भव छैन : उपाध्यक्ष शाक्य
सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल सम्भव छैन : उपाध्यक्ष शाक्य
तीनकुनेको तनावपछि स्टेजमा फर्किए दुर्गा प्रसाईं, संयमित हुन आह्वान
तीनकुनेको तनावपछि स्टेजमा फर्किए दुर्गा प्रसाईं, संयमित हुन आह्वान
तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा
तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा
जमलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
जमलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु