जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८२
|
|
५५ पटक हेरिएको
Shares
जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट

सारांश

  • सरकारी स्वामित्वका रुग्ण उद्योग निजीकरण गर्ने सरकारी योजनाअनुसार प्रक्रिया अघि बढेको छ ।
  • अर्थ मन्त्रालयले ६ साउन २०८२ मा जनकपुर चुरोट कारखानासहित बुटवल धागो कारखाना लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड र नेपाल ओरेन्ड म्यागनासाइट प्रा.
  • लि.

१४ मंसिर, जनकपुर ।

सरकारी स्वामित्वका रुग्ण उद्योग निजीकरण गर्ने सरकारी योजनाअनुसार प्रक्रिया अघि बढेको छ । अर्थ मन्त्रालयले ६ साउन २०८२ मा जनकपुर चुरोट कारखानासहित बुटवल धागो कारखाना लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड र नेपाल ओरेन्ड म्यागनासाइट प्रा.लि.लाई बिक्री गर्नेगरी यी उद्योगको वास्तविक सम्पत्ति मूल्याङ्कन (डीडीए) का लागि मूल्याङ्कनकर्ताको दरखास्त आह्वान गरेको थियो ।

मूल्याङ्कर्ताहरूको सर्टलिस्ट मन्त्रालयले २० साउन २०८२ मा सार्वजनिक गरेको थियो । जसमा एस. सुवेदी एन्ड एसोसिएटस्, देव एसोसिएटस्, चार्टर्ड एकाउनटेन्ट, एस एन्ड एस एसोसिएटस्, चार्टर्ड एकाउनटेन्टस् (जेभी), जिन एन्ड एसोसिएटस्, चार्टर्ड एकाउनटेन्स्, बीआरएस न्यौपाने एन्ड को, पीवाईसी एन्ड एसोसिएटस्, सुजन काफ्ले एन्ड एसोसिएटस् र एसआर पाण्डे एन्ड कम्पनी, चार्टर्ड एकाउनटेन्टस् प्रोसुमेन्ट अफ कन्सल्टिङ सर्भिस फर दि भ्यालुयसन अफ जनकपुर चुरोट कारखाना लिमिटेडको रुपमा सर्ट लिस्टमा परेका थिए ।

सोही मागबमोजिम परेको आवेदनहरूबाट अर्थमन्त्रालयले तीनवटा कम्पनीलाई छनोट गर्दै नाम सार्वजनिक गरेको हो । प्रस्तावअनुसार जनकपुर चुरोट कारखानाको डीडीएका लागि एस एन्ड एस– पीजेपीएन जेभी र एस.सुवेदी एन्ड एसोसिएसनस् मूल्याङ्कनकर्ताको रुपमा छनोटमा परेका छन् । यसैगरी बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरेन्ड म्यागनाइट प्रा.लि.को डीडीएका लागि सोही एस एन्ड एस–पीजेपीएन जेभीले जिम्मेवारी पाएको छ ।

नेपाल मेटल कम्पनी लिमिटेड कम्पनीको डीडीएका लागि एस एन्ड एस–पीजेपीएन जेभी र जिन एन्ड एसोसिएटस् छानिएका छन् । यी छनोटमा परेका मूल्याङ्कनकर्ता कम्पनीहरूले रुग्ण ४ वटा उद्योगहरूको सम्पत्ति मूल्याङ्कन गर्नेछन् भने उक्त कम्पनीहरूको आर्थिक प्रस्ताव यही २१ मंसिरमा खोलिने अर्थमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणलाई डिजिटलाइजमा लैजाने श्रमको तयारी
नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणलाई डिजिटलाइजमा लैजाने श्रमको तयारी
आज मानव बेचबिखनविरुद्धको १९औँ राष्ट्रिय दिवस
आज मानव बेचबिखनविरुद्धको १९औँ राष्ट्रिय दिवस
एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर
एक सय २७ स्थानको मतगणना जारी, रास्वपा ९२ स्थानमा अगाडि, कांग्रेस एमाले बराबर
यू–१९ विश्वकप फाइनलः उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै
यू–१९ विश्वकप फाइनलः उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै
एमाले बागमती निर्वाचन : मतदान शुक्रबार विहानदेखि
एमाले बागमती निर्वाचन : मतदान शुक्रबार विहानदेखि
रास्वपाको नाराबाजीबीच संसद बैठक जारी
रास्वपाको नाराबाजीबीच संसद बैठक जारी
आजकाे माैसम : पहाडमा आंशिक बदली, तराई–उपत्यकामा हुस्सु
आजकाे माैसम : पहाडमा आंशिक बदली, तराई–उपत्यकामा हुस्सु
जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादवलाई धरौटीमा छाड्न आदेश
जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादवलाई धरौटीमा छाड्न आदेश
उदयपुरमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु
उदयपुरमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु
मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु (नामावलीसहित)
मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु (नामावलीसहित)