९ चैत्र २०८२, सोमबार

२५४४ अंकमा झर्‍यो सेयर बजार, ४ कम्पनी बढे १० प्रतिशत

२६ कात्तिक, काठमाडौं ।

बुधबार सेयर बजारको परिसूचक नेप्से २०.५६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २५४४ अंकमा झरेको छ । कारोबार सुरु भएपछि अन्तिम समयसम्म नै बजार घटिरह्यो । बजार घट्दा कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८४ करोडको भयो । ४९ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने ७ को स्थिर रह्यो । उत्पादन बाहेक सबै समूहका सूचक घटेका छन् । उत्पादन समूह ०.२३ प्रतिशत बढ्यो ।

त्यस्तै व्यापार समूह सबैभन्दा धेरै २.३५ प्रतिशत घट्यो । बैंकिङ ०.६७, विकास बैंक ०.३०, फाइनान्स ०.७९, होटल तथा पर्यटन ०.१८, हाइड्रोपावर ०.७०, लगानी ०.९९, जीवन बीमा ०.९९, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.५४ र अन्य समूह १.३३ प्रतिशत घटे । चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । भूगोल इनर्जी, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकारको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका भूगोल इनर्जीबाहेक अरु तीन कम्पनी हालै सूचीकृत भएका नयाँ हुन् । अपर सोलु हाइड्रो इलेक्ट्रिकको ५.३१, नेपाल माइक्रोइन्स्योरेन्सको ३.७५ प्रतिशत मूल्य बढ्यो । दरामखोला हाइड्रो इनर्जीको मूल्य सबैभन्दा धेरै ८.७२ प्रतिशत घट्यो । माबिलुङ इनर्जीको ८.२१, मेरो माइक्रोफाइनान्सको ४.५७ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, साहस ऊर्जा, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट रहे ।

Previous post

मकवानपुरको सिआन पुनस्र्थापना केन्द्र र लाइफकेयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन

Next post

केन्द्रीय समितिमा रमेश लेखक: प्रधानमन्त्री ओलीले मिल्दैन भन्दाभन्दै मैले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ

Post Comment

छुटाउनुभयो कि ?