Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बाराको सिमरामा बस दुर्घटना हुँदा १५ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १, २०८१
|
|
४० पटक हेरिएको
Shares
बाराको सिमरामा बस दुर्घटना हुँदा १५ जना घाइते

सारांश

  • बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
  • तीन जनाको अवस्था गम्भीर छ ।
  • चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस आज बिहान ११ बजेतिर बाराको जीतपुरसिमरा–२३ मा सडकमै पल्टिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

 

१ साउन, काठमाडौं । बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ ।

चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस आज बिहान ११ बजेतिर बाराको जीतपुरसिमरा–२३ मा सडकमै पल्टिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । घाइतेहरुको वीरगञ्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक र सहचालकलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले बताए ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?