क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २३, २०८२
|
|
४३ पटक हेरिएको
Shares
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव

सारांश

  • क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशमा स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।
  • पार्टीका महासचिव सीपी गजुरेल (गौरव) द्वारा जारी प्रेस विज्ञप्तिमा नेपालको वर्तमान सत्ता संरचना ‘दलाल पूँजीवादी राज्यसत्ता’ भएको आरोप लगाउँदै यसको विकल्पमा स्वतन्त्र र जनमुखी सरकार आवश्यक रहेको उल्लेख गरिएको छ ।
  • पार्टीले हालको अस्थायी सरकारलाई ‘कठपुतली सरकार’ भन्दै यसले जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र सञ्चारसम्बन्धी समस्या झन् गम्भीर बनाएको दाबी गरेको छ ।

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशमा स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

पार्टीका महासचिव सीपी गजुरेल (गौरव) द्वारा जारी प्रेस विज्ञप्तिमा नेपालको वर्तमान सत्ता संरचना ‘दलाल पूँजीवादी राज्यसत्ता’ भएको आरोप लगाउँदै यसको विकल्पमा स्वतन्त्र र जनमुखी सरकार आवश्यक रहेको उल्लेख गरिएको छ ।

पार्टीले हालको अस्थायी सरकारलाई ‘कठपुतली सरकार’ भन्दै यसले जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र सञ्चारसम्बन्धी समस्या झन् गम्भीर बनाएको दाबी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यो नवऔपनिवेशिक जंजीरलाई तोड्न राष्ट्रिय राजनीतिक सम्मेलन गरी देशभक्त, क्रान्तिकारी र वामपन्थी शक्तिहरूबीच संयुक्त मोर्चा निर्माण गर्नुपर्छ ।’

पार्टीले जारी गरेको कार्यक्रम अनुसार, कार्तिक २८ गते गाउँ तथा नगरपालिका केन्द्रित जनसभा गर्ने, र मंसिर १ गते देशव्यापी पर्चा वितरण अभियान चलाइनेछ ।साथै मंसिर ७ गते देशका प्रमुख सहरहरू महेन्द्रनगर, धनगढी, सुर्खेत, घोराही, बुटवल, बाग्लुङ, पोखरा, भरतपुर, विदुर, काठमाडौं, धुलिखेल, विरगञ्ज, धनुषा, गाईघाट, धरान र विराटनगरमा जनसभा आयोजना गरिने बताइएको छ ।

पार्टीले मंसिर महिनाभर ‘भ्रष्टाचारी र दलालहरूको भण्डाफोर’ गर्ने र पौष ११ गते माओ दिवसका अवसरमा केन्द्रीय जनसभा आयोजना गर्ने पनि जनाएको छ ।

महासचिव गौरवले पत्रकार तथा जनसमुदायसँग यी सबै कार्यक्रमहरूमा समर्थन र सहयोगको अपिल गरेका छन् । पार्टीले यी कार्यक्रमहरूको समीक्षा गरी आगामी राजनीतिक योजना तय गर्ने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होटल व्यवसायीको आन्दोलन स्थगित, लुम्बिनीका विहारको अध्ययन गर्न समिति गठन
होटल व्यवसायीको आन्दोलन स्थगित, लुम्बिनीका विहारको अध्ययन गर्न समिति गठन
सकुम्बासीको न्यायका लागि संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा, नेपाल बन्दसम्म
सकुम्बासीको न्यायका लागि संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा, नेपाल बन्दसम्म
बागमतीमा सभामुखले डाके सर्वदलीय बैठक
बागमतीमा सभामुखले डाके सर्वदलीय बैठक
आज देशका विभिन्न स्थानहरुमा वर्षा हुने
आज देशका विभिन्न स्थानहरुमा वर्षा हुने
यीहुन्,मन्त्रिपरिषद्को बैठकका २५ वटानिर्णयहरु
यीहुन्,मन्त्रिपरिषद्को बैठकका २५ वटानिर्णयहरु
उद्योगी-व्यवसायीहरूलाई हामी सहयोग गर्छौं : देउवा
उद्योगी-व्यवसायीहरूलाई हामी सहयोग गर्छौं : देउवा
कैलालीको अत्तरियामा बेहोस भेटिएका पुरुषको मृ*त्यु
कैलालीको अत्तरियामा बेहोस भेटिएका पुरुषको मृ*त्यु
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबिच भेटघाट
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबिच भेटघाट
माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने
माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता, खोजीका लागि सेना परिचालित
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता, खोजीका लागि सेना परिचालित