कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २३, २०८२
|
|
२६ पटक हेरिएको
Shares
कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल

सारांश

  •   गृहमन्त्री ओमप्रकाश अर्यालले कतिपय विषय भन्नै नमिल्ने भएकाले चुपचाप काम गरिरहेको बताएका छन्।
  •   गृहमन्त्रीले काम गर्न नसकेको भनी आलोचना भइरहेका बेला आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले शुद्ध चित्तले कर्म गरिरहेको दाबी गरेका हुन्।
  • ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो।

२३ कात्तिक, काठमाडौं । 

गृहमन्त्री ओमप्रकाश अर्यालले कतिपय विषय भन्नै नमिल्ने भएकाले चुपचाप काम गरिरहेको बताएका छन्।  गृहमन्त्रीले काम गर्न नसकेको भनी आलोचना भइरहेका बेला आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले शुद्ध चित्तले कर्म गरिरहेको दाबी गरेका हुन्। ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो।

कतिपय विषयमा के गर्दै छौँ त भन्नै मिल्दैन, के गर्‍यौँसमेत भन्न नमिल्ने अवस्था हुन्छ’, गृहमन्त्री अर्यालले भनेका छन्, ‘प्रचारमुखी मन्त्रालय नभएकाले चुपचाप बसेर आफ्नो शुद्ध चित्तले कर्म गरिरहनेबाहेक हामीसँग अरू विकल्प हुँदैन।’ यस्तै उनले निर्वाचनमार्फत मुलुकलाई निकाससम्म डोर्‍याउने यो सरकारको अभिभारा पूरा गरेरै छाड्ने प्रतिबद्धता पनि जनाएका छन्। ‘कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्ने छौँ’, उनले भनेका छन्, ‘पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत निकाससम्म डोर्‍याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल
कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता
कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता
कक्षा १२ को परीक्षा स्थगित भन्दै भ्रामक सूचना
कक्षा १२ को परीक्षा स्थगित भन्दै भ्रामक सूचना
विशेष महाधिवेशनका ८८५ जनाले हस्ताक्षर फिर्ता लिए : पूर्णबहादुर खड्का
विशेष महाधिवेशनका ८८५ जनाले हस्ताक्षर फिर्ता लिए : पूर्णबहादुर खड्का
४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै
४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै
समाजवादी युवा संघ-मधेश प्रदेश समितिद्वारा मुख्यमन्त्री र सिडियो लाई ज्ञापनपत्र
समाजवादी युवा संघ-मधेश प्रदेश समितिद्वारा मुख्यमन्त्री र सिडियो लाई ज्ञापनपत्र
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै
रविलाई पक्राउ गर्न सीआईबी परिचालन, लामिछानेले मागे आधा घण्टा समय
रविलाई पक्राउ गर्न सीआईबी परिचालन, लामिछानेले मागे आधा घण्टा समय
हिमपातले नाग्म–गमगढी लोकमार्ग अवरुद्ध
हिमपातले नाग्म–गमगढी लोकमार्ग अवरुद्ध
मानव तस्करी प्रकरण : पूर्वमन्त्री अधिकारीसहित ९ जनालाई ७ दिन म्याद थप
मानव तस्करी प्रकरण : पूर्वमन्त्री अधिकारीसहित ९ जनालाई ७ दिन म्याद थप