रौतहट प्रहरीले ११ जना प्रतिवादीलाई गर्यो पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २१, २०८२
|
|
३८ पटक हेरिएको
Shares
रौतहट प्रहरीले ११ जना प्रतिवादीलाई गर्यो पक्राउ

सारांश

  • रौतहट प्रहरीले जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका कैदी सहित विभिन्न घटनामा संलग्न ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
  • गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा गौर कारागारबाट भागेका दुई जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
  • गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा चन्द्रपुर–१ बस्ने ४७ वर्षीय नागेन्द्र माझीलाई पक्राउ गरिएको र देवाही गोनाही–६ का सुधीरकुमार राम भने  स्वेच्छाले कारागार कार्यालय गौरमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीले बताए ।

२१ कात्तिक, रौतहट ।

रौतहट प्रहरीले जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका कैदी सहित विभिन्न घटनामा संलग्न ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा गौर कारागारबाट भागेका दुई जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा चन्द्रपुर–१ बस्ने ४७ वर्षीय नागेन्द्र माझीलाई पक्राउ गरिएको र देवाही गोनाही–६ का सुधीरकुमार राम भने  स्वेच्छाले कारागार कार्यालय गौरमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीले बताए ।

रौतहट जिल्ला अदालतको २०६१ सालको फैसला अनुसार १ वर्ष १ महिना १५ दिन कैद र १ लाख ५४ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भएका राजदेवी नगरपालिका–८ का दिनेश कुमार चौधरी कलवारलाई पनि पक्राउ गरिएको उनले जानकारी दिए । ईशनाथ नगरपालिका–३ का २१ वर्षीय मनिष कुमार साहलाई १८ गते झाझ पुलनजिक पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै ईशनाथ नगरपालिका–७ का जादोलाल साहलाई अदालतको फैसलाअनुसार एक महिनाको कैद सजाय भएपछि  पक्राउ गरी अदालतमा उपस्थित गराइएको रौतहट प्रहरीले जनाएको छ । यी लगायतका विभिन्न घटनामा संलग्न ११ जना प्रतिवादीलाई पक्राउ गरि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टीले संसदीय दलको नेतामा अगाडि बढाए खुट्टा कमाउँदिन : सुहाङ
पार्टीले संसदीय दलको नेतामा अगाडि बढाए खुट्टा कमाउँदिन : सुहाङ
नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
गृह मन्त्रालयद्वारा सहसचिवहरूको सरुवा, काठमाण्डुको सीडीओमा तिवारी (सूचीसहित)
गृह मन्त्रालयद्वारा सहसचिवहरूको सरुवा, काठमाण्डुको सीडीओमा तिवारी (सूचीसहित)
भीरबाट लडेर ८ वर्षे बालकको मृ*त्यु
भीरबाट लडेर ८ वर्षे बालकको मृ*त्यु
मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
जीप दुर्घटनामा घाइते युवतीको भोलिपल्ट मृत्यु, चालक पक्राउ
जीप दुर्घटनामा घाइते युवतीको भोलिपल्ट मृत्यु, चालक पक्राउ
कान्ति लोकपथ र हेटौंडा-भैंसे सडकमा राति सवारी रोक
कान्ति लोकपथ र हेटौंडा-भैंसे सडकमा राति सवारी रोक
  धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री   
  धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री   
राजावादी प्रदर्शनअघि एआईजीको निर्देशन– मानवअधिकारको ख्याल गरियोस्
राजावादी प्रदर्शनअघि एआईजीको निर्देशन– मानवअधिकारको ख्याल गरियोस्