रौतहटमा गुडिरहेको बसमा आगलागी, मानवीय क्षति नभएको पुष्टि

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ५, २०८२
|
|
२२ पटक हेरिएको
Shares
रौतहटमा गुडिरहेको बसमा आगलागी, मानवीय क्षति नभएको पुष्टि

सारांश

  • रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लच्का नजिक मंगलबार बिहान एक यात्रुवाहक बसमा अचानक आगलागी भएको छ ।
  • काठमाडौँबाट चन्द्रनिगापुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ५५५५ नम्बरको बसमा आगलागी हुँदा सवारीसाधन पूर्णरूपमा जलेर नष्ट भएको हो ।
  • तर, घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लच्का नजिक मंगलबार बिहान एक यात्रुवाहक बसमा अचानक आगलागी भएको छ ।

काठमाडौँबाट चन्द्रनिगापुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ५५५५ नम्बरको बसमा आगलागी हुँदा सवारीसाधन पूर्णरूपमा जलेर नष्ट भएको हो । तर, घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनाको समयमा बसमा रहेका यात्रुहरूलाई तुरुन्तै सुरक्षित स्थानमा निकालिएको थियो । प्रारम्भिक अनुमान अनुसार, बसमा विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रहरी निरीक्षक रूपेशकुमार झाको कमान्डमा टोली घटनास्थलमा पुगेको थियो । स्थानीयवासी, प्रहरी र बारुण यन्त्रको सहयोगमा करिब बिहान ८:१५ बजे आगो नियन्त्रणमा ल्याइएको प्रहरीले बताएको छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ