काठमाडौं महानगरपालिकामा पनि सुरु भयो स्वास्थ्य बीमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ११, २०८०
|
|
४० पटक हेरिएको
Shares
काठमाडौं महानगरपालिकामा पनि सुरु भयो स्वास्थ्य बीमा

सारांश

  • काठमाडौं महानगरपालिकामा अब स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ ।
  • स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न बुधबार काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
  • समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा.

११ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकामा अब स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न बुधबार काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन गर्ने सहमति पत्रमा उल्लेख छ । ‘बीमा गरेपछि प्रति ५ जनाको परिवारलाई एउटा एकाइ मानेर एक बर्षमा १ लाख बराबरको निःशुल्क उपचार सेवा प्राप्त हुनेछ । सो बराबरको रकम बीमा बोर्डले महानगरपालिका अन्तर्गत रहेको प्रवर्द्ध केन्द्रलाई शोध भर्ना गर्नेछ’ महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले भने । अब महानगरपालिकाभित्रका स्वास्थ्य प्रवद्र्धन केन्द्रहरु बीमा बोर्डमा सूचीकृत हुनेछन् र बीमा अन्र्तगको स्वास्थ्य उपचार दिन थाल्नेछन् । ‘यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरुमा पठाइनेछ’, पौडेलले भने ।

बीमा दर्ता सहयोगी छनोट

महानगरपालिकाले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुमा पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र स्वास्थ्य उपकरण किनिरहेको छ । महानगरका अनुसार सबै वडाका लागि बीमा दर्ता सहयोगी छनोट भइसकेका छन् । बीमा बोर्डले दर्ता सहयोगीका लागि तालिम दिएपछि बीमा गराउन उनीहरु घर घरमा पुग्नेछन् । बीमितले बीमा गरेको मितिले ३ महिनापछि सेवाग्राहीले प्रथम सम्पर्क विन्दुको रुपमा कुनै शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट सुविधा प्राप्त गर्नेछन् । ‘महानगरपालिकामा अहिले तयार भएको वडा नं ९, ८ र ३० को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सुरुको सेवा विन्दुको रुपमा लिएका छौं, दर्ता सहयोगीको तालिम सकिँदा सेवा दिन तयार अन्य स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुलाई पनि प्रथम सेवा विन्दु बनाउन सकिन्छ’, महानगरको स्वास्थ्य विभाग प्रमुख पौडेलले भने । उनका अनुसार महानगरभित्र २४ वटा वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्रको भौतिक संरचना निर्माण भइसकेको छ ।

स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति

स्वास्थ्य बीमा सञ्चालनको लागि मेयरको अध्यक्षतामा ७ सदस्यीय पालिका संयोजन समिति हुनेछ । समितिको सदस्यमा मेयरले मनोनित गर्ने, धेरै जनसंख्या भएका वडामध्येबाट १ जना वडाध्यक्ष, सेवा प्रदायक संस्थाको प्रतिनिधि १ जना, स्वास्थ्य क्षेत्रमा अनुभव हासिल गरेको व्यक्ति १ जना, महिला स्वयंसेविका १ जना, स्वास्थ्य हेर्ने शाखा प्रमुख १ जना, सम्बन्धित पालिका हेर्ने स्वास्थ्य बीमा बोर्डको दर्ता अधिकारी १ जना सदस्य रहनेछन् । समितिले स्वास्थ्य संस्थाहरुमा उपकरणको बन्दोबस्त, प्रयोगशाला सेवाको निरन्तरता, स्तरोन्नति र पूर्वाधार अभिवृद्धिमा सहयोग गर्ने, स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा सेवाको गुणस्तर वृद्धि गर्ने, कार्यक्रम विस्तार गर्न प्रवद्र्धनात्मक कार्यमा सहयोग गर्नेछ । काठमाडौं महानगरपालिकाले स्वास्थ्य बीमा सञ्चालन गरेपछि देशभरका ७५१ स्थानीय तहमा स्वास्थ्य बीमा सञ्चालन भएका छन् । अब काठमाडौंको बुढानिलकण्ठ र नागार्जुन नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडकबाट समर्थकहरुको आवाज : ‘देशको शान कुलमान ’
सडकबाट समर्थकहरुको आवाज : ‘देशको शान कुलमान ’
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
कुलिङ पिरियडमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड
कुलिङ पिरियडमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड
ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग
ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग
अमेरिका पठाइदिने भन्दै २१ लाख ठगी, दुईजना पक्राउ
अमेरिका पठाइदिने भन्दै २१ लाख ठगी, दुईजना पक्राउ
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी काटिने
प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी काटिने
राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री
समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री