Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अहिलेको परिवर्तन आतंक र हिंसाबाट भएको हो : शंकर पोखरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ६, २०८२
|
|
४४ पटक हेरिएको
Shares
अहिलेको परिवर्तन आतंक र हिंसाबाट भएको हो : शंकर पोखरेल

सारांश

  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन जेड आन्दोलनपछि भएको परिवर्तनलाई आतंक र हिंसाबाट भएको टिप्पणी गरेका छन् ।
  • काठमाडौँको भृकुटीमण्डपमा शनिबार भएको जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
  • ‘२३ र २४ गतेको दिन जति मानिसहरू सडकमा आएर विध्वंस मच्चाए, त्यसको चार गुणा धेरै मानिसहरू एकल आह्वानमा सडकमा आइसकेका छन्,’ पोखरेलले भने, ‘यो परिवर्तन जनताको परिवर्तन जनताको परिवर्तन होइन, जनताको परिवर्तन हुन्थ्यो भने जनताको सहभागिता हुन्थ्यो ।

६ मंसिर, काठमाडौँ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन जेड आन्दोलनपछि भएको परिवर्तनलाई आतंक र हिंसाबाट भएको टिप्पणी गरेका छन् । काठमाडौँको भृकुटीमण्डपमा शनिबार भएको जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन् । ‘२३ र २४ गतेको दिन जति मानिसहरू सडकमा आएर विध्वंस मच्चाए, त्यसको चार गुणा धेरै मानिसहरू एकल आह्वानमा सडकमा आइसकेका छन्,’ पोखरेलले भने, ‘यो परिवर्तन जनताको परिवर्तन जनताको परिवर्तन होइन, जनताको परिवर्तन हुन्थ्यो भने जनताको सहभागिता हुन्थ्यो । यो त आतंकद्वारा गरिएको परिवर्तन हो । हिंसाद्वारा गरिएको परिवर्तन हो ।’

साथै, उनले राज्यविहीनताको जगमा भएको परिवर्तनका रूपमा यसलाई लिनुपर्ने बताए । ‘त्यसअर्थमा यो जनताको परिवर्तन होइन । जनताको आन्दोलन होइन । षड्यन्त्रको जगमा मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने खालको काम भएको छ,’ पोखरेलले भने, ‘अब हामी मिलेर फेरि मुलुकलाई लोकतन्त्रको दिशामा लिएर जानुपर्नेछ ।’ उनले मुलुकलाई लोकतन्त्रको दिशामा अघि बढाउन सबै राजनीतिहरूलाई आह्वान पनि गरे । ‘हामी त्यो बाटोमा अगाडि बढ्नका लागि नेपालका सबै राजनीतिक दलहरूलाई फेरि आह्वान गर्दछौँ,’ पोखरेलले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतबाट आजदेखि १६ घण्टासम्म बिजुली आयात हुने
भारतबाट आजदेखि १६ घण्टासम्म बिजुली आयात हुने
राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
राहदानीमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
प्रतिपक्षीको बहिस्कारबीच मधेशमा मुख्यमन्त्री यादवले लिए विश्वासको मत
प्रतिपक्षीको बहिस्कारबीच मधेशमा मुख्यमन्त्री यादवले लिए विश्वासको मत
गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव
गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव
सिनामंगलमा असईले गरे ४ महिने छोराको ह*त्या, प्रहरी जवान श्रीमती पनि घाइते
सिनामंगलमा असईले गरे ४ महिने छोराको ह*त्या, प्रहरी जवान श्रीमती पनि घाइते
सर्वसाधारणका लागि काठमाडौं उपत्यकामा प्रहरीले चलायो बस
सर्वसाधारणका लागि काठमाडौं उपत्यकामा प्रहरीले चलायो बस
मन्त्रिपरिषद्को बैठक बस्दै 
मन्त्रिपरिषद्को बैठक बस्दै 
निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल र परिणाममुखी सेवा दिनुपर्छ: मन्त्री सिंह
निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल र परिणाममुखी सेवा दिनुपर्छ: मन्त्री सिंह
पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन
पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन