राप्ती नदीमा माछा मार्न गएका बालक डुबेर बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १४, २०८२
|
|
३० पटक हेरिएको
Shares
राप्ती नदीमा माछा मार्न गएका बालक डुबेर बेपत्ता

सारांश

  •   आफ्नो बुबासँगै राप्ती नदीमा माछा मार्न गएका राप्तीसोनारी ७ सैयापुरका ११ वर्षीय बालक भीम पुन नदीमा डुबेर बेपत्ता भएका छन् ।
  • राप्तीसोनारी वडा ७ का वडा अध्यक्ष राम लखन थारुले दिनुभएको जानकारी अनुसार सैयापुरका प्रेम पुन आफ्नो छोरा भिम पुनसंगै राप्ती नदीको पिप्रहवा घाट नजिक सोमवार दिउँसो माछा मार्न गएको बेला प्रेमका छोरा भिम नदीमा डुबेर बेपत्ता भएका हुन् ।
  •  माछा मार्ने क्रममा नदीमा पसेपछि छोरा एक्कासी डुबेर बेपत्ता भएको जानकारी पुनले गराउनु भएको जनाउँदै वडा अध्यक्ष थारुले त्यसयता खोजी कार्य भइरहेपनि भिमको अवस्था केही पत्ता नलागेको बताउनुभयो ।

१४ असोज, राप्ती । 

आफ्नो बुबासँगै राप्ती नदीमा माछा मार्न गएका राप्तीसोनारी ७ सैयापुरका ११ वर्षीय बालक भीम पुन नदीमा डुबेर बेपत्ता भएका छन् । राप्तीसोनारी वडा ७ का वडा अध्यक्ष राम लखन थारुले दिनुभएको जानकारी अनुसार सैयापुरका प्रेम पुन आफ्नो छोरा भिम पुनसंगै राप्ती नदीको पिप्रहवा घाट नजिक सोमवार दिउँसो माछा मार्न गएको बेला प्रेमका छोरा भिम नदीमा डुबेर बेपत्ता भएका हुन् । माछा मार्ने क्रममा नदीमा पसेपछि छोरा एक्कासी डुबेर बेपत्ता भएको जानकारी पुनले गराउनु भएको जनाउँदै वडा अध्यक्ष थारुले त्यसयता खोजी कार्य भइरहेपनि भिमको अवस्था केही पत्ता नलागेको बताउनुभयो ।

प्रहरीलाई जानकारी गराएपछि सशस्त्र प्रहरीको गोताखोर टोली शमसेरगन्जबाट आएको र सोमवार अबेर रातीसम्म खोजी गर्दा पनि केही पत्ता नलागेपछि उहाँहरु फर्किएको उहाँले बताउनुभयो ।  वडा अध्यक्ष थारुका अनुसार मंगलवार पनि स्थानीयले बिहानबाटै नदीको किनार किनार टाढासम्म पुगेर खोजी गरिरहेका छन् ।  दसैंको मुखमा छोरा नदीमा बगेर बेपत्ता भएपछि पुन परिवारमा गहिरो शोक छाएको छ । पुन परिवार मात्रै नभई सैयापुर गाउँनै शोकमग्न भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सैनिक ब्यारेकबाट घर पठाइन थाले निवर्तमान मन्त्रीहरू
सैनिक ब्यारेकबाट घर पठाइन थाले निवर्तमान मन्त्रीहरू
प्रचण्डको निर्देशनपछि सुदूरपश्चिममा पहिलो पटक माओवादी सांसदको सामूहिक छलफल
प्रचण्डको निर्देशनपछि सुदूरपश्चिममा पहिलो पटक माओवादी सांसदको सामूहिक छलफल
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
६ सय बोरा चिनी गायब पारेको आरोपमा सशस्त्रका एसपी बस्नेत हेडक्वार्टर तानिए
६ सय बोरा चिनी गायब पारेको आरोपमा सशस्त्रका एसपी बस्नेत हेडक्वार्टर तानिए
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
भारतको राजधानी दिल्लीमा बम विस्फोट
भारतको राजधानी दिल्लीमा बम विस्फोट
पाकिस्तानमा एक विदेशी युवतीमाथि लगातार पाँच दिनसम्म सामूहिक बलात्कार
पाकिस्तानमा एक विदेशी युवतीमाथि लगातार पाँच दिनसम्म सामूहिक बलात्कार
प्रहरीले भृकुटीमण्डपबाट हटाउन खोजेपछि विथोलियो मिटरब्याज पीडितसँगको वार्ता
प्रहरीले भृकुटीमण्डपबाट हटाउन खोजेपछि विथोलियो मिटरब्याज पीडितसँगको वार्ता
मनहरीमा बसको ठक्करबाट युवकको मृत्यु
मनहरीमा बसको ठक्करबाट युवकको मृत्यु
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक