दशैं बिदामा पनि पाइन्छ श्रम स्वीकृति

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १४, २०८२
|
|
४१ पटक हेरिएको
Shares
दशैं बिदामा पनि पाइन्छ श्रम स्वीकृति

सारांश

  • वैदेशिक रोजगार विभागले दशैंको बिदामा समेत श्रम स्वीकृती जारी गर्ने भएको छ ।
  • त्यसका लागि डेडिकेटेड कर्मचारीहरूको व्यवस्थापन गरिएको विभागका महानिर्देशक कमल भट्टराईले जानकारी दिए ।
  • दशैंको बिदामा श्रम स्वीकृति जारी गर्नका लागि एक जना उपसचिवसहित सात जना कर्मचारीलाई राखिएको उनको भनाइ छ ।

१४ असोज, काठमाडौं ।

वैदेशिक रोजगार विभागले दशैंको बिदामा समेत श्रम स्वीकृती जारी गर्ने भएको छ । त्यसका लागि डेडिकेटेड कर्मचारीहरूको व्यवस्थापन गरिएको विभागका महानिर्देशक कमल भट्टराईले जानकारी दिए । दशैंको बिदामा श्रम स्वीकृति जारी गर्नका लागि एक जना उपसचिवसहित सात जना कर्मचारीलाई राखिएको उनको भनाइ छ । दशैं बिदामा श्रम स्वीकृति जारी गर्नैपर्नेको हकमा ती कर्मचारीले श्रम स्वीकृति दिनेछन् । वैदेशिक रोजगारीका लागि भिसा आइसकेर टिकट समेत काटिसकेकाहरूलाई दशैं बिदामा समेत श्रम स्वीकृति जारी गर्नुपर्ने अवस्था आउने गरेका छन् ।

उनीहरूलाई श्रम स्वीकृतिमा समस्या नहोस् भनेर कर्मचारी व्यवस्थापन गरिएको उनको भनाइ छ । श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिनुपर्ने व्यवस्था छ । सोही अनुसार आवश्यक कागजातसहित पेश गरिएको आवेदनको हकमा श्रम स्वीकृति जारी हुने गरेको छ । चाहिने कागजात पेश नगरिएको खण्डमा आवेदन अस्वीकृत हुन्छ भने के कारणले अस्वीकृत भएको हो त्यसको जानकारी समेत दिने गरिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) ले हाल भिजिट भिसामा रोक लगाएको छ भने वर्किङ भिसामा समेत कडाइ गरेको छ । मलेसिया लगायतका अन्य मुलुकहरूले समेत वर्किङ भिसामा कडाइ गर्दै आएका छन् । गत भदौ २३ र २४ गते नेपालमा चलेको जेनजी आन्दोलनपछि कैदीबन्दीहरू भागेको कारण देखाउँदै ती देशहरूले कडाइ गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्याजदर घट्ने क्रम रोकियो, फागुनमा १८ बैंकको स्थिर
ब्याजदर घट्ने क्रम रोकियो, फागुनमा १८ बैंकको स्थिर
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
अस्पताल विकास समितिको सेवामा एकरुपता ल्याउन विधेयक ल्याइँदै
अस्पताल विकास समितिको सेवामा एकरुपता ल्याउन विधेयक ल्याइँदै
भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमानबाट काठमाडौं ल्याइँदै
भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमानबाट काठमाडौं ल्याइँदै
नेपाललाई यूएईले दियो ११५ रनको लक्ष्य
नेपाललाई यूएईले दियो ११५ रनको लक्ष्य
जसपा नेपालको दुईवटा प्रदेश समितिको नेतृत्व चयन, आज कर्णाली प्रदेश अधिवेशन
जसपा नेपालको दुईवटा प्रदेश समितिको नेतृत्व चयन, आज कर्णाली प्रदेश अधिवेशन
वीरगञ्ज ह*त्या प्रकरण:  ह*त्यामा संलग्न थप पाँच जना पक्राउ
वीरगञ्ज ह*त्या प्रकरण: ह*त्यामा संलग्न थप पाँच जना पक्राउ
लोकसेवाबाट एकै पटक ५ सय चिकित्सक ल्याउन क्याबिनेटबाट स्वीकृति लिएका छौं : स्वास्थ्यमन्त्री
लोकसेवाबाट एकै पटक ५ सय चिकित्सक ल्याउन क्याबिनेटबाट स्वीकृति लिएका छौं : स्वास्थ्यमन्त्री
रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि लगिँदै
रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि लगिँदै
महिलालाई नेपालमै रोजगारी दिन आवश्यक छः मन्त्री सुडी
महिलालाई नेपालमै रोजगारी दिन आवश्यक छः मन्त्री सुडी