मधेशमा जेनजी आन्दोलनमा जलेकै प्रदेश सभामा बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ७, २०८२
|
|
४३ पटक हेरिएको
Shares
मधेशमा जेनजी आन्दोलनमा जलेकै प्रदेश सभामा बैठक बस्दै

सारांश

  • जेनजी आन्दोलनका क्रममा भएको आगजनीले क्षतिग्रस्त मधेश प्रदेश सभा कक्षमा आज बैठक बस्न लागेको छ ।
  • दिउँसो १ बजे बैठक आह्वान गरिएको छ ।
  • बैठकको लागि जलिसकेको सभाहलमा आवश्यक पोडिएम तथा कुर्सीहरू राखेर तयार पार्ने काम अन्तिम चरणमा पुगेको सभामुख रामचन्द्र मण्डले बताए ।

७ असोज, जनकपुरधाम ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनीले क्षतिग्रस्त मधेश प्रदेश सभा कक्षमा आज बैठक बस्न लागेको छ । दिउँसो १ बजे बैठक आह्वान गरिएको छ । बैठकको लागि जलिसकेको सभाहलमा आवश्यक पोडिएम तथा कुर्सीहरू राखेर तयार पार्ने काम अन्तिम चरणमा पुगेको सभामुख रामचन्द्र मण्डले बताए । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आगजनी गर्दा आवासबाहेक प्रदेशसभा बैठक कक्ष पूर्ण रुपमा जलेर नष्ट भएको थियो । यसका अलावा केही संसदीय दलको कार्यालय र त्यहाँ रहेको गाडीहरु जलेर ध्वस्त बनेको थियो ।

सर्वदलीय सहमतिमा आज जेनतेन व्यवस्थापन गरेर प्रदेशसभा बैठक बस्न लागेको हो । यसअघि त्रुटिपूर्ण बजेट बहुमतले पास गरेको भन्दै विपक्षीदलहरु नियमित बैठक अवरुद्ध गर्दा अनिश्चित समयका लागि बैठक स्थगित गरिएको थियो । आज बस्न लागेको बैठकमा जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको श्रद्धाञ्जलीको लागि शोक प्रस्ताव पारित, संघीयताको सबलीकरण, क्षतिग्रस्त समरचनाहरुको पूर्णनिर्माण लगायतको कार्यसूची रहेको छ । यो गत शनिबार बसको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट तय भइसकेको सभामुख मण्डलले बताए ।

जेनजीको आन्दोलनले भएको क्षति तथा आन्दोलनको क्रममा वर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले फेसबुके राजीनामा दिएर ओझेलमा पारेको विषयमा दलहरुले बैठक बोलाउन सभामुखलाई आग्रह गरेका थिए । मधेशमा प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र विपक्षमा बस्ने पत्र प्रदेश सभामा गत भदौ ३१ ग्ते दर्ता गराएको थियो । तर मुख्यमन्त्री सिंहले आफू राजिनामा नदिएर सदन फेस गर्ने अडान लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्को कार्यसूचीमा फेरि चढ्यो भूमि विधेयक
संसद्को कार्यसूचीमा फेरि चढ्यो भूमि विधेयक
सुनकोशीमा आएको बाढीले खुर्कोटको पुल बगायाे
सुनकोशीमा आएको बाढीले खुर्कोटको पुल बगायाे
हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
प्रचण्डको प्रस्ताव : वामपन्थी पुनर्गठन, शान्ति सम्झौता पक्षधरबीच मोर्चाबन्दी
प्रचण्डको प्रस्ताव : वामपन्थी पुनर्गठन, शान्ति सम्झौता पक्षधरबीच मोर्चाबन्दी
साक्षरता दिवसका अवसरमा माननीय मुख्यमन्त्री सतिशकुमार सिँहज्यूको शुभकामना सन्देश
साक्षरता दिवसका अवसरमा माननीय मुख्यमन्त्री सतिशकुमार सिँहज्यूको शुभकामना सन्देश
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री
तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री
नेपाल टेलिकमकमको सिममा डेटा सकिँदा स्वतः पैसा कट्ने व्यवस्थाको अन्त्य
नेपाल टेलिकमकमको सिममा डेटा सकिँदा स्वतः पैसा कट्ने व्यवस्थाको अन्त्य
ओली समूहमा परेनन् रघुजी पन्त, उपाध्यक्षमा दिए स्वतन्त्र उम्मेदवारी
ओली समूहमा परेनन् रघुजी पन्त, उपाध्यक्षमा दिए स्वतन्त्र उम्मेदवारी
९ बुँदे सहमति खारेज गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन
९ बुँदे सहमति खारेज गर्न माग गर्दै सर्लाहीमा प्रदर्शन