Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २६, २०८२
|
|
७८ पटक हेरिएको
Shares
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ

सारांश

  • ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परेका छन् ।
  • टक्लालाई काभ्रेबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो ।
  • इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले टक्लालाई पक्राउ गरेको हो ।

२६ भदौ, काठमाडौं ।

ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परेका छन् । टक्लालाई काभ्रेबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले टक्लालाई पक्राउ गरेको हो । उनलाई अब कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरिएको छ । जेनजीको प्रदर्शनको क्रममा नख्खु कारागारबाट उनी भागेका थिए ।

सहकारी ठगी आरोपमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका रवि लामिछानेलाई सुरुमा कारागारबाट निकालिएको थियो । त्यसको केही समयमा टक्लासहित सबै कैदी कारागारबाट भागेका थिए । उनीहरुले कारागारमा आगजनी समेत गरेका थिए । उनी १२ वर्षदेखि कारागारमा थिए । पूर्वराज्यमन्त्री समेत रहेका उनी जन्मकैदको सजाय भोग्दै थिए । १८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको वम विष्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी सजाय काटिरहेका थिए । अदालतको आदेशमा, उनलाई जनकपुरको रेडियो टुडेका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या काण्डको पनि मुख्य योजनाकार पनि भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान
प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान
भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते
भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
काठमाडौंको जय नेपाल हल अगाडिको बिजुलीको पोलमा आगलागी
काठमाडौंको जय नेपाल हल अगाडिको बिजुलीको पोलमा आगलागी
दोलखामा ४ किलो सुनसहित ३ जना पक्राउ
दोलखामा ४ किलो सुनसहित ३ जना पक्राउ
संघको परिपत्रविपरीत कोशी प्रदेशले स्वीकृत गर्‍यो ३९ अस्थायी दरबन्दी
संघको परिपत्रविपरीत कोशी प्रदेशले स्वीकृत गर्‍यो ३९ अस्थायी दरबन्दी
सिराहा–४ मा रास्वपाका तपेश्वर यादवको शानदार विजय
सिराहा–४ मा रास्वपाका तपेश्वर यादवको शानदार विजय
प्रतिनिधि सभामा ‘मर्यादासम्बन्धी विधेयक’ अघि बढाउने सांसद भेटिएनन्
प्रतिनिधि सभामा ‘मर्यादासम्बन्धी विधेयक’ अघि बढाउने सांसद भेटिएनन्
प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
मधेशमा सत्ता घटकबीच सहमति : करोडभन्दा कमका योजना नबन्ने, चुनावसम्मै गठबन्धन
मधेशमा सत्ता घटकबीच सहमति : करोडभन्दा कमका योजना नबन्ने, चुनावसम्मै गठबन्धन