सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

फेरि सडकमा उत्रिने घोषणा गर्दै दुर्गा प्रसाईंले भने, सरकारबाट १५ चैतको जस्तो दमन नहोस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २२, २०८२
|
|
३८ पटक हेरिएको
Shares
फेरि सडकमा उत्रिने घोषणा गर्दै दुर्गा प्रसाईंले भने, सरकारबाट १५ चैतको जस्तो दमन नहोस्

सारांश

  •   विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले फेरि सडकमा उत्रिनेघोषणा गरेका छन् ।
  • उनले जेन–जीले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन जनाउँदै आन्दोलनमा सहभागी हुने बताएका हुन् ।
  • नेताका सन्तानको विलासी जीवनशैलीको विरोधका जेन–जीहरूले भोलि संसद भवनअगाडि विरोध प्रदर्शन घोषणा गरेका छन् ।

२२ भदौ, काठमाडौं । 

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले फेरि सडकमा उत्रिनेघोषणा गरेका छन् । उनले जेन–जीले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन जनाउँदै आन्दोलनमा सहभागी हुने बताएका हुन् । नेताका सन्तानको विलासी जीवनशैलीको विरोधका जेन–जीहरूले भोलि संसद भवनअगाडि विरोध प्रदर्शन घोषणा गरेका छन् । प्रसाईंले उक्त प्रदर्शनमा सरिक हुने बताएका छन् ।

उनले जेन–जी अहिले सुरु गरेको यो अभियानलाई आफूले तीन वर्षअगाडि उठाएको मुद्दासँग मिलेको बताएका छन् । उनले भनेका छन्, ‘तीन वर्षअघि हामीले उठाएको आवाजलाई आज फेसबुक, टिकटकदेखि सम्पूर्ण सञ्चार जगत्‌ले पुनः दोहोर्‍याएको छ, धन्यवाद सबैलाई ।’

त्यस्तै, उनले आन्दोलनलाई दमन नगर्न सरकारसमक्ष अनुरोध गरेका छन् । प्रसाईं गत १५ चैतमा तीनकुनेमा भएको राजावादीहरूको आन्दोलनमा उग्रता मच्चाएर भाग्ने क्रममा भारतबाट पक्राउ परेका थिए । उक्त मुद्दामा धरौटीमा रिहा भएका प्रसाईं पहिलोपटक सडकमा आउन लागेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरिब जनतामा आतंक मच्चायो – हर्क साम्पाङ
सीमा बचाउन नसक्ने सरकारले सेनाको दुरुपयोग गरेर गरिब जनतामा आतंक मच्चायो – हर्क साम्पाङ
सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिबीच खटपट, उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी
सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिबीच खटपट, उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी
भक्तपुरमा तीन मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
भक्तपुरमा तीन मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २०४६ साल पछिका सबै भ्रष्टाचार काण्डका फाइल खोलिनु पर्यो। 
राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २०४६ साल पछिका सबै भ्रष्टाचार काण्डका फाइल खोलिनु पर्यो। 
ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट, एक जनाको मृत्यु
ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट, एक जनाको मृत्यु
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
प्रधानमन्त्रीको पीएसओमा डीएसपी निशान थापा
प्रधानमन्त्रीको पीएसओमा डीएसपी निशान थापा
जसपाको सर्लाही जिल्ला कार्यसमिति गठन
जसपाको सर्लाही जिल्ला कार्यसमिति गठन
चिसो बढेसँगै सर्लाहीमा निःशुल्क दाउरा वितरण
चिसो बढेसँगै सर्लाहीमा निःशुल्क दाउरा वितरण
आज राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक बस्दै
आज राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक बस्दै