कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २९, २०८२
|
|
११७ पटक हेरिएको
Shares
कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क

सारांश

  • नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
  • निर्वाचन समितिले मतदाता नामावली प्रकाशन,मतदाता नामावली उपरको दावी विरोध,मनोनयन दर्तादेखि मतपरिणाम घोषणसम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
  • जसअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुनेछ ।

 

काठमाडौं ।

नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले मतदाता नामावली प्रकाशन,मतदाता नामावली उपरको दावी विरोध,मनोनयन दर्तादेखि मतपरिणाम घोषणसम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । जसअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुनेछ । निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो १२ः३० बजे प्रथम मतदाता नामावली प्रकाशन,१२ः३० देखि १ः३० बजेभित्र मतदाता नामावली उपरको दावी विरोध र सो उपर छानविनको समय तोकेको छ ।

यस्तै २ बजे अन्तिम मतदाता नामावली प्रकाशन,२ बजेदेखि ३ बजेसम्म मनोनय पत्र दर्ताको समय निर्धारण गरेको छ । कार्यतालिका अनुसार ४ः३० बजे उम्मेदवारको नेपाली वर्णानुक्रमाअनुसार देवनागरिक लीपीमा प्रथम नामावली प्रकाशन हुनेछ । यस्तै ४ः३० देखि ५ बजेसम्म उम्मेदावरीमाथि दावी विरोध,५ बजेदेखि ५ः३० सम्म उम्मेदवारीमाथिको दावी विरोधको छानविन, ५ः३० देखि ७ः३०सम्म उम्मेवारको मनोनयन दर्ता फिर्ता, ८ः४५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ९ बजेदेखि मतदान सुरू हुनेछ ।

यसैगरी नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता शुल्क समेत तोकिएको छ । केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका, ०८२ को अनुसूची–७ बमोजिम विभिन्न पदका लागि मनोनयन शुल्क निर्धारण गरेको हो । निर्वाचन समितिका अनुसार सभापति पदका उम्मेदवारले मनोनयन दर्ता गर्दा ३० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । त्यस्तै केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ तथा केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

  हुलास स्टिलले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता
  हुलास स्टिलले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता
दुई दिन बन्द गरिँदै त्रिभुवन राजपथ लामिडाँडा–सिमभञ्ज्याङ खण्ड
दुई दिन बन्द गरिँदै त्रिभुवन राजपथ लामिडाँडा–सिमभञ्ज्याङ खण्ड
मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन
मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन
हावाहुरीसहितको वर्षाका कारण हवाई सेवा प्रभावित
हावाहुरीसहितको वर्षाका कारण हवाई सेवा प्रभावित
सल्यानमा यात्रुवाहक गाडी दुर्घटना, ३ जनाको मृ*त्यु
सल्यानमा यात्रुवाहक गाडी दुर्घटना, ३ जनाको मृ*त्यु
विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्संदैन : प्रधानमन्त्री
विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्संदैन : प्रधानमन्त्री
मधेश सरकारले एक करोडभन्दा कमका खुद्रे योजना नल्याउने
मधेश सरकारले एक करोडभन्दा कमका खुद्रे योजना नल्याउने
अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा
अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
क्यान महासंघद्वारा ई–कमर्स निर्देशिका २०८२ का लागि नीतिगत सुझाव पेश
क्यान महासंघद्वारा ई–कमर्स निर्देशिका २०८२ का लागि नीतिगत सुझाव पेश