गोरखापत्र जलाउन खोज्दा काठमाडौंमा एक युवा पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १०, २०८२
|
|
३६ पटक हेरिएको
Shares
गोरखापत्र जलाउन खोज्दा काठमाडौंमा एक युवा पक्राउ

सारांश

  • मंगलबार गोरखापत्र दैनिकमा तीजबारे छापिएको एक समाचारका कारण सनातन धर्ममाथि प्रहार भएको भन्दै पत्रिका जलाउन खोज्ने एक युवा पक्राउ परेका छन् ।
  • ‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शिर्षकमा गोरखापत्रमा समाचार प्रकाशित भएपछि पत्रिका जलाउन खोज्दा आफूलाई राजावादी बताउने सन्तोष राजावादीलाई प्रहरीले पक्राउ गरेको हो ।
  • मंगलबार माइतीघर मण्डलामा उनले गोरखापत्रले तीजबारे लेखेको समाचारले सनातन धर्ममाथि प्रहार गरेको र यस्तो समाचारले नकारात्मक सन्देश दिएको गोरखापत्र जलाउन खोजेका थिए ।

१० भदौ, काठमाडौं ।

मंगलबार गोरखापत्र दैनिकमा तीजबारे छापिएको एक समाचारका कारण सनातन धर्ममाथि प्रहार भएको भन्दै पत्रिका जलाउन खोज्ने एक युवा पक्राउ परेका छन् । ‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शिर्षकमा गोरखापत्रमा समाचार प्रकाशित भएपछि पत्रिका जलाउन खोज्दा आफूलाई राजावादी बताउने सन्तोष राजावादीलाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार माइतीघर मण्डलामा उनले गोरखापत्रले तीजबारे लेखेको समाचारले सनातन धर्ममाथि प्रहार गरेको र यस्तो समाचारले नकारात्मक सन्देश दिएको गोरखापत्र जलाउन खोजेका थिए । उक्त समाचारमा निराहार वर्तले महिलाहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने विषयवस्तुलाई जोड दिएको थियो । सोही क्रममा सन्तोष राजावादीले धर्म, संस्कृती जोगाउन पाउनु आफ्नो अधिकारको कुरा भएको भन्दै धर्ममाथि आँच आउने कुराको विरोध गरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?