जनकपुरधाममा जसपा नेपालको जनप्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ८, २०८२
|
|
३३ पटक हेरिएको
Shares
जनकपुरधाममा जसपा नेपालको जनप्रदर्शन

सारांश

  • जनता समाजवादी पार्टी नेपाल, धनुषाले जनकपुरधाममा आईतबार (आज) विरोध तथा जनप्रदर्शन गरेको छ ।
  • हजारौंको संख्यामा जसपा नेपालका नेता तथा कार्यकर्ताले जनकपुरधाममा विरोध र्याली निकाल्नुका साथै जनप्रदर्शन गरेका छन् ।
  • पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि झुटा आरोप लगाइएको भन्दै उनीहरुले विरोध स्वरुप जनकपुरधाममा लगातार एक हप्तादेखि विरोध प्रदर्शन गर्दै आएको छ ।

८ भदौ जनकपुरधाम ।

जनता समाजवादी पार्टी नेपाल, धनुषाले जनकपुरधाममा आईतबार (आज) विरोध तथा जनप्रदर्शन गरेको छ । हजारौंको संख्यामा जसपा नेपालका नेता तथा कार्यकर्ताले जनकपुरधाममा विरोध र्याली निकाल्नुका साथै जनप्रदर्शन गरेका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि झुटा आरोप लगाइएको भन्दै उनीहरुले विरोध स्वरुप जनकपुरधाममा लगातार एक हप्तादेखि विरोध प्रदर्शन गर्दै आएको छ ।

विरोध प्रदर्शन जनकचोकबाट शुरु भई भानुचोक, कदमचोक, विद्यापति चोक हुँदै पुनः जनकचोकमा पुगी कोण सभामा परिणत भएको थियो । हजारौको सहभागिता रहेको विरोध प्रदर्शनको क्रममा जसपा नेपालका नेता कार्यकर्ताहरुले मधेश माथिको षडयन्त्र तत्काल रोक्न सरकारलाई चेतावनी दिएको छन् । भूमि विधेयकमा अहसयोग गरेको झोकमा अध्यक्ष उपेन्द्र यादवलाई गौर घटनामा फसाउँन षड्यन्त्र भइ रहेको भन्दै उनिहरुले सरकारको आलोचना गरेका छन् ।

प्रदर्शनकारीहरुले भूमि विधेयक फिर्ता लेउ, झुठा मुद्दा खारेज गर, मधेशमाथि षडन्त्र बन्द गर जस्ता नारा लगाएका थिए । कोणसभामा नेताहरुले सरकारद्वारा भइ रहेको मधेश माथिको षडयन्त्र तत्काल बन्द नगरिए कडा संघर्ष गर्ने चेतावनी दिएका छन् । उनीहरुले भूमि विधेयक मार्फत मधेशलाई औपनेशिकीकरण गर्दै मरुभूमिमा रुपान्तरण गर्ने षडयन्त्रको विरोध गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवलाई १८ वर्ष पुरानो मुद्दा फसाउन राज्य संयन्त्र लागि परेको आरोप समेत लगाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाजपालाई उछिनेको केही घण्टामै कक्रोच पार्टीको एक्स अकाउन्ट बन्द
भाजपालाई उछिनेको केही घण्टामै कक्रोच पार्टीको एक्स अकाउन्ट बन्द
नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण
सिंचाईका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुलीः निर्देशक शाक्य
सिंचाईका लागि प्रतियुनिट तीन रुपैयाँमा बिजुलीः निर्देशक शाक्य
संसद्‌मा अमरेशको उत्तेजक अभिव्यक्ति : बालेनको घर अगाडि कबाडी थुपारौं
संसद्‌मा अमरेशको उत्तेजक अभिव्यक्ति : बालेनको घर अगाडि कबाडी थुपारौं
ओलीले भने– सम्पत्ति विवरण भर्दिनँ, खरानी उठाएर लैजा सरकार
ओलीले भने– सम्पत्ति विवरण भर्दिनँ, खरानी उठाएर लैजा सरकार
विदेश जाने श्रमिकबाट अभिमुखीकरण शुल्क ७ सयभन्दा बढी लिए इजाजत खारेज
विदेश जाने श्रमिकबाट अभिमुखीकरण शुल्क ७ सयभन्दा बढी लिए इजाजत खारेज
आफूलाई निष्कासन गरेपछि गगनले भने, कांग्रेस कसैको निजी कम्पनी होइन
आफूलाई निष्कासन गरेपछि गगनले भने, कांग्रेस कसैको निजी कम्पनी होइन
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता
सङ्घीय निजामती विधेयक आज पारित गरिँदै
सङ्घीय निजामती विधेयक आज पारित गरिँदै