प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
३५ पटक हेरिएको
Shares
प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

सारांश

  •   प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत महामहिम छन सोङले भेट गरेका छन् ।
  • आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन् ।
  • भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो ।

२ पुस, काठमाडौं । 

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत महामहिम छन सोङले भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन् । भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो ।

सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्ट मित्र भएकोले नेपालको विकास निर्माणका हरेक पक्षहरूमा सहयोग गर्दै आएको र सो क्रम भविष्यमा पनि निरन्तर रहने उल्लेख गरे । प्रधानमन्त्रीले राजदूत सोङ आफ्नो सफल कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुन लागेकोमा बधाई तथा सफल यात्राको कामना गरिन् । साथै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहनुका साथै नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास दिलाइन् । चीनबाट सदाझैँ नेपालको विकास निर्माणमा साथ, समर्थन र सहयोग प्राप्त हुने आशा पनि उनले व्यक्त गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदको प्रश्नः प्रहरीको प्राथमिकता रासन हो कि हतियार ?
सांसदको प्रश्नः प्रहरीको प्राथमिकता रासन हो कि हतियार ?
अर्बपति एलन मस्कले खोले नयाँ राजनीतिक पार्टी
अर्बपति एलन मस्कले खोले नयाँ राजनीतिक पार्टी
ट्याक्टर दुर्घटना प्रकरण : छोरा चन्दन निर्दोष रहेको बुबाआमाको दाबी
ट्याक्टर दुर्घटना प्रकरण : छोरा चन्दन निर्दोष रहेको बुबाआमाको दाबी
सुनको मूल्यमा गिरावट, चाँदी स्थिर
सुनको मूल्यमा गिरावट, चाँदी स्थिर
विद्यार्थी संगठनहरु साझा मुद्दा बनाएर सँगसँगै अगाडि बढ्नुपर्छ : मन्त्री पौडेल
विद्यार्थी संगठनहरु साझा मुद्दा बनाएर सँगसँगै अगाडि बढ्नुपर्छ : मन्त्री पौडेल
संवैधानिक परिषद्को बैठक बस्दै
संवैधानिक परिषद्को बैठक बस्दै
एमालेको एघारौँ महाधिवेशन प्रतिनिधि छान्न आज देशभर चुनाव
एमालेको एघारौँ महाधिवेशन प्रतिनिधि छान्न आज देशभर चुनाव
वडाध्यक्षको निधनको शोकमा तीन दिन राष्ट्रिय झण्डा आधा झुकाइने
वडाध्यक्षको निधनको शोकमा तीन दिन राष्ट्रिय झण्डा आधा झुकाइने
रवि लामिछानेको प्रश्न : हामी सांसदले भनेका कुरा त यो सरकारले सुन्दैन भने जनताले भनेको के सुन्छ ?
रवि लामिछानेको प्रश्न : हामी सांसदले भनेका कुरा त यो सरकारले सुन्दैन भने जनताले भनेको के सुन्छ ?
कांग्रेस सांसद मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन
कांग्रेस सांसद मोहन बस्नेतको सांसद पद स्वतः निलम्बन