वीरगञ्जमा सद्भाव भड्किन नदिन निषेधाज्ञा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २१, २०८२
|
|
१७ पटक हेरिएको
Shares
वीरगञ्जमा सद्भाव भड्किन नदिन निषेधाज्ञा

सारांश

  • धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
  • जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि संवेदनशील क्षेत्रहरूमा यो आदेश लागू गरिएको हो।
  • प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार निषेधाज्ञा अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन।

२१ पुष, वीरगञ्ज ।

धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि संवेदनशील क्षेत्रहरूमा यो आदेश लागू गरिएको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार निषेधाज्ञा अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम शान्ति–सुरक्षा कायम राख्न यो कदम चालिएको प्रशासनले जनाएको छ। निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा पूर्वतर्फ बसपार्क, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ शङ्कराचार्य गेट रहेका छन्।

प्रशासनले तोकिएको सिमानाभित्र आदेशको उल्लङ्घन गर्ने जो-कोहीलाई नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली प्रदेशको बजेट अधिवेशन आजदेखि
कर्णाली प्रदेशको बजेट अधिवेशन आजदेखि
पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री ओली
पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री ओली
मानव तस्करी प्रकरण : पूर्वमन्त्री अधिकारीसहित ९ जनालाई ७ दिन म्याद थप
मानव तस्करी प्रकरण : पूर्वमन्त्री अधिकारीसहित ९ जनालाई ७ दिन म्याद थप
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
रुसी आक्रमणमा  युक्रेनका १४ वर्षीया बालिकासहित ६ जनाको मृत्यु
रुसी आक्रमणमा युक्रेनका १४ वर्षीया बालिकासहित ६ जनाको मृत्यु
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन शुरू
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन शुरू
थलपति विजयले लिए मुख्यमन्त्रीको शपथ, मञ्चमै गरे तीन निर्णयमा हस्ताक्षर
थलपति विजयले लिए मुख्यमन्त्रीको शपथ, मञ्चमै गरे तीन निर्णयमा हस्ताक्षर
गृहमन्त्रीलाई रास्वपाको जवाफ– भ्रष्टाचार प्रमाणित भए राजनीति छोड्ने होइन, जेल जाने हो
गृहमन्त्रीलाई रास्वपाको जवाफ– भ्रष्टाचार प्रमाणित भए राजनीति छोड्ने होइन, जेल जाने हो
मानव बेचबिखनमा संलग्न दुई जनालाई
मानव बेचबिखनमा संलग्न दुई जनालाई
आहा रारा पोखरा गोल्कपको उपाधि उज्वेकिस्तानी टिमलाई, फाइनलमा पुलिस पराजित
आहा रारा पोखरा गोल्कपको उपाधि उज्वेकिस्तानी टिमलाई, फाइनलमा पुलिस पराजित