रवि लामिछाने भेट्न नख्खु कारागार जाँदै प्रचण्ड
४ भदौ काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नख्खु कारागार रहेका लामिछानेलाई प्रचण्डले बुधबार भेट्न लागेका हुन् ।
रविलाई भेट्न प्रचण्ड बुधबार साँझ ६ बजे नख्खु कारागार पुग्ने उनको सचिवालयले जनाएको छ । रुपन्देही कारागारमा रहेका रविलाई गत शनिबार नख्खु स्थानान्तरण गरिएको थियो । प्रचण्ड प्रधानमन्त्री हुँदा रवि उपप्रधानमन्त्री एवं गृहमन्त्री थिए ।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान





Post Comment