Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कुलिङ जालझेलमा सभापति खतिवडाले राजनीति र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २०, २०८२
|
|
६३ पटक हेरिएको
Shares
कुलिङ जालझेलमा सभापति खतिवडाले राजनीति र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस

सारांश

  • संघीय निजामती सेवासम्बन्धी विधेयकमा ‘कुलिङ अफ पिरियड’को प्रावधान समेटिएको विषयमा प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा गम्भीर जालझेल भएको निष्कर्षसहित विशेष छानबिन समितिले प्रतिवेदन पारित गरेको छ।
  • समितिले सभापति रामहरि खतिवडाले राजनीतिक र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस गरेको छ।
  • प्रतिनिधिसभाको निर्देशनमा गठित विशेष छानबिन समितिले मंगलबार बिहान सवा ४ बजे अन्तिम टुंगोमा पुर्‍याउँदै सर्वसम्मत प्रतिवेदन पारित गरेको हो।

२० साउन, काठमाडौं ।

संघीय निजामती सेवासम्बन्धी विधेयकमा ‘कुलिङ अफ पिरियड’को प्रावधान समेटिएको विषयमा प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा गम्भीर जालझेल भएको निष्कर्षसहित विशेष छानबिन समितिले प्रतिवेदन पारित गरेको छ। समितिले सभापति रामहरि खतिवडाले राजनीतिक र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस गरेको छ।

प्रतिनिधिसभाको निर्देशनमा गठित विशेष छानबिन समितिले मंगलबार बिहान सवा ४ बजे अन्तिम टुंगोमा पुर्‍याउँदै सर्वसम्मत प्रतिवेदन पारित गरेको हो। प्रतिवेदनमा विधेयकको मर्मविपरीत, प्रक्रिया मिचेर गरिएको संशोधनप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको जिम्मा नेतृत्व तहले लिनुपर्ने उल्लेख गरिएको छ। साथै, विधेयक प्रतिवेदन तयार पार्ने क्रममा संलग्न कर्मचारीहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने सिफारिससमेत गरिएको छ।

छानबिन समितिको प्रतिवेदन मङ्गलबार बस्ने सम्सद बैठकमा पेश गरिदैछ। छानबिन समितिको नेतृत्व कांग्रेसका जीवन परियारले गरेका थिए। समितिमा कांग्रेसकी सचेतक सुशीला थिङ, एमालेका सांसद नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी सांसद माधव सापकोटा, रास्वपा सांसद गणेश पराजुली र राप्रपा सांसद रोशन कार्की सदस्य थिए।

छानबिन समितिका अनुसार दुई वर्षे ‘कुलिङ अफ पिरियड’ व्यवस्था प्रभावित हुने गरी विधेयकमा संशोधन गर्नु विधिसम्मत प्रक्रिया मिचेर गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माघ १ देखि टिचिङ अस्पताल स्वास्थ्य बिमा कार्यक्रमबाट बाहिरिने
माघ १ देखि टिचिङ अस्पताल स्वास्थ्य बिमा कार्यक्रमबाट बाहिरिने
आफ्नै श्रीमानको ह*त्या गरेको अभियोगमा श्रीमति पक्राउ
आफ्नै श्रीमानको ह*त्या गरेको अभियोगमा श्रीमति पक्राउ
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने
रेशम चौधरीको मुद्दामा आज अन्तिम बहस
रेशम चौधरीको मुद्दामा आज अन्तिम बहस
पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल
पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल
पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते
पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते
माधव नेपालसहितलाई प्रतिवादी बनाइएको पतञ्जलि जग्गा हिनामिनाको मुद्दा पेसीमा
माधव नेपालसहितलाई प्रतिवादी बनाइएको पतञ्जलि जग्गा हिनामिनाको मुद्दा पेसीमा
दुुई वर्षदेखि तलब नपाएको भन्दै खाँडाचक्रका कर्मचारीले गरे तालाबन्दी
दुुई वर्षदेखि तलब नपाएको भन्दै खाँडाचक्रका कर्मचारीले गरे तालाबन्दी
प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी
प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी
पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी टोली
पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी टोली