यसरी मनाइयो ३२औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस (फोटो फिचर)
१७ मंसिर, सर्लाही। विभिन्न कार्यक्रम गरि अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको छ।
सर्लाहीको हरिपुर्वा नगरपालिका, चन्द्रनगर, ब्रहम्पुरी र पर्सा गाउँपालिकामा नगर स्तरीय अपांगता भएका व्यक्तिहरूको संस्थाको आयोजनामा र्यालि, हजारी जबाब तथा वक्तृत्वकला प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम गरी अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवस दिवस मनाइएको छ । कार्यक्रमको अध्यक्षता नगर स्तरीय अपांगता भएका व्यक्तिहरूको संस्थाको अध्यक्षले गरेका थिए भने प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष रहेका थिए ।
अष्ट्रेलियन एड, वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र(आरआरपिके) सर्लाहीको आर्थिक सहयोग र हरिपुर्वा नगरपालिका, चन्द्रनगर, पर्सा र ब्रहम्पुरी गाउँपालिकामा गाउँपालिकाको समन्वय तथा सहकार्यमा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता: अपांगता भएको ब्यक्ती को अपनत्व र नेतृत्व सहितको एक्यवद्धता: नाराका साथ अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको हो।
अष्ट्रेलियन एड, वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र(आरआरपिके) सर्लाहीको आर्थिक सहयोग र हरिपुर्वा नगरपालिका, चन्द्रनगर, पर्सा र ब्रहम्पुरी गाउँपालिकामा गाउँपालिकाको समन्वय तथा सहकार्यमा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता: अपांगता भएको ब्यक्ती को अपनत्व र नेतृत्व सहितको एक्यवद्धता: नाराका साथ अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको हो
साथै अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा हरिपुर्वा नगरपालिकाको नगर स्तरीय अपांगता भएका व्यक्तिहरूको संस्थाको कार्यालय उद्घाटन् पनि गरिएको छ ।
विभिन्न किसिम का खेलकुद तथा प्रतियोगितामा भाग लिने विधार्थीहरुलाई कापी, पेन, ज्यामिति बक्स, डिक्सनरी लगायतको पुरुषकार वितरण गरिएको थियो।