०८३ को मंसिरअघि नै महाधिवेशन भइसक्छः नेता सिटौला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ११, २०८२
|
|
४१ पटक हेरिएको
Shares
०८३ को मंसिरअघि नै महाधिवेशन भइसक्छः नेता सिटौला

सारांश

  •   नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को मंसिरसम्म भइसक्ने बताउनुभएको छ ।
  • आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यसबारे जानकारी गराउनुभएको हो ।
  • उहाँले ४ वर्षे कार्यकाल आगामी मंसिरमा सकिने र एक वर्ष थप्न सकिने प्रावधानअनुसार अघि बढ्ने देखिएको बताउनु भयो ।

११ साउन, काठमाडौं । 

नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को मंसिरसम्म भइसक्ने बताउनुभएको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यसबारे जानकारी गराउनुभएको हो । उहाँले ४ वर्षे कार्यकाल आगामी मंसिरमा सकिने र एक वर्ष थप्न सकिने प्रावधानअनुसार अघि बढ्ने देखिएको बताउनु भयो ।

उहाँले नेपाली काँग्रेसको महाधिवेशन पाँच वर्षमै हुने गरेको बताउनु भयो । अहिले क्रियाशिल सदस्यता टुंगि नसकेको भन्दै सदस्यता नै टुंगो नलागिसकेको अवस्थामा महाधिवेशन हुन सम्भव नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘महाधिवेशन २०८३ को दशैँको सेरोफेरोमा हुन्छ । नेपाली काँग्रेसको महाधिवेशन आजसम्म ५ वर्षमै भएको छ । नवौं, दशौं, एघारौँ, बाह्रौं, तेह्रौं, चौधौँ, अब १५ औं हुने हो । ४ वर्षमा कहिल्यै भएको छैन ।

४ वर्षे कार्यकालमा एक वर्ष म्याद थप्न पाइन्छ । चार वर्ष यो मंसिरमा पूरा हुन्छ । क्रियाशिल सदस्यता नविकरण टुंगिसकेको छैन । असोज मसान्त तोकेको छ । सदस्यता नविकरण नै असोज मसान्तसम्म भनेपछि कहाँबाट मंसिरमा हुन्छ महाधिवेशन ? ०८३ सालको दशैंअघि वा दशैंपछि पुग्नसक्छ । तर मंसिर भन्दा टाढा लैजानुहुँदैन । ’नेता सिटौलाले ०८३ सालको मंसिर भन्दा पछि महाधिवेशन लैजान नहुने बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुने
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुने
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच १३ बुँदे मागपत्र सहमती
संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच १३ बुँदे मागपत्र सहमती
कास्की प्रहरी कार्यालय जलाउँदा घाइते भएका लामाको मृ*त्यु
कास्की प्रहरी कार्यालय जलाउँदा घाइते भएका लामाको मृ*त्यु
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने धेरै
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने धेरै
दलीय कर्मचारी ट्रेड युनियनको खारेजीको मागसहित मन्त्रालमै कर्मचारीको धर्ना
दलीय कर्मचारी ट्रेड युनियनको खारेजीको मागसहित मन्त्रालमै कर्मचारीको धर्ना
प्रत्यक्ष निर्वाचन लड्न नारायणकाजीले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा
प्रत्यक्ष निर्वाचन लड्न नारायणकाजीले दिए राष्ट्रियसभा सदस्यबाट राजीनामा
मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्यु
मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्यु