९ श्रावण २०८२, बिहीबार

पाकिस्तानमा वर्षासँग सम्बन्धित दुर्घटनामा ५४ जनाको मृ*त्यु, २२७ जना घाइते

२ साउन, काठमाडौं ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले पाकिस्तानभर वर्षासँग सम्बन्धित दुर्घटनामा विगत २४ घण्टामा कम्तीमा ५४ जनाको मृत्यु भएको जनाएको छ । २२७ जना घाइते भएका छन् ।

एनडीएमएको मिडिया शाखाले बताएअनुसार पूर्वी पञ्जाव प्रान्तमा धेरैजसो दुर्घटना भएका हुन् । वर्षाले व्यापक विनाश निम्त्याएको छ । जसमा सबैभन्दा बढी प्रभावित क्षेत्रहरू प्रान्तको लाहोर र फैसलाबाद जिल्लाहरू हुन् । अधिकांशको मृत्यु पर्खाल र छाना ढलेर भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?