मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ २५, २०८२
|
|
२६ पटक हेरिएको
Shares
मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग

सारांश

  • प्रतिपक्षी दलहरुले मधेशको प्रदेशसभा बैठक आज तेस्रो दिन पनि अबरुद्ध पारेका छन् ।
  • सभामुख रामचन्द्र मण्डलले बैठकको कारबाही अगाडि बढाएलगत्तै प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेकपा एसका सांसदहरुले उभिएर विरोध जनाएका थिए ।
  • जसपा नेपालका सांसद रामआशिष यादवले माग पूरा नभएसम्म संसद चल्न नदिने चेतावनी दिए ।

२५ असार, जनकपुरधाम ।

प्रतिपक्षी दलहरुले मधेशको प्रदेशसभा बैठक आज तेस्रो दिन पनि अबरुद्ध पारेका छन् । सभामुख रामचन्द्र मण्डलले बैठकको कारबाही अगाडि बढाएलगत्तै प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेकपा एसका सांसदहरुले उभिएर विरोध जनाएका थिए । जसपा नेपालका सांसद रामआशिष यादवले माग पूरा नभएसम्म संसद चल्न नदिने चेतावनी दिए । उनले बजेटमा बिचौलिया हावी भएको र असमान ढंगले बजेट विनियोजन गरिएकोमा आपत्ति जनाए ।

सांसद यादवले भने, ‘आज संसदमा सत्तापक्षकै अधिकांश सांसद उपस्थित छैनन् । उहाँहरुलाई पनि बजेट मन परेको छैन । आजको अनुपस्थितिले यही देखाउँछ ।’ बजेटको विषयमा सहमति जुटाउन सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच निरन्तर प्रयास भए पनि कुरा मिलेको छैन । सहमति नजुटेपछि लगातार तीन दिन संसद चल्न सकेन । सांसद यादवले बजेट पुनर्लेखन नगरेसम्म अन्य कुनै सहमति नहुने स्पष्ट पारे ।

बजेटमा बिचौलिया हावी भएको र आफ्नो क्षेत्रकै ठूला योजनाहरुमा ५-१० लाख बजेटमात्र विनियोजन गरिएको भन्दै सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीकै अध्यक्ष सीके राउतले विरोध जनाएका थिए । तर पछिल्लो समय उनले बजेटको प्रशंसा गरिरहेका छन् । सत्तारुढ नेपाली कांग्रेस पनि बजेटको विषयमा विभाजित छ । कांग्रेस दलका नेता कृष्णप्रसाद यादव बजेटको पक्षमा छन् भने उपनेता वीरेन्द्र सिंहले विरोध जनाइरहेका छन् । बजेटबारे नेकपा एमाले भने मौन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने
ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने
ज्यान मार्ने उद्योग मुद्दामा चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा
ज्यान मार्ने उद्योग मुद्दामा चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा
जुवातास खेल्दै गरेका १६ जना भक्तपुरबाट समातिए
जुवातास खेल्दै गरेका १६ जना भक्तपुरबाट समातिए
देशभरका ५ वटा राजमार्गका यी खण्ड पूर्णरुपमा अवरुद्ध
देशभरका ५ वटा राजमार्गका यी खण्ड पूर्णरुपमा अवरुद्ध
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा
राजावादीलाई प्रचण्डको चेतावनी- मुर्खता नगरियोस्, निकै ठूलो मूल्य चुकाउनुपर्छ
राजावादीलाई प्रचण्डको चेतावनी- मुर्खता नगरियोस्, निकै ठूलो मूल्य चुकाउनुपर्छ
विकल पौडेलविरुद्ध ६९ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा
विकल पौडेलविरुद्ध ६९ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा
बिरामी बोकेको हेलिकोप्टर खेतमा अवरतण
बिरामी बोकेको हेलिकोप्टर खेतमा अवरतण
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
सरकारलाई झुकाउने उपेन्द्र यादवको अडान
सरकारलाई झुकाउने उपेन्द्र यादवको अडान