नेपाली महिला फुटबल टोली स्वदेश फर्कियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २३, २०८२
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ ।
  • अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले नेपाली टोलीलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमालस्थलमा स्वागत गरे ।
  • स्वागत गर्दै एन्फाका महासचिव किरण राईले खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको र अपराजित रहँदै फर्केको बताए ।

२३ असार, काठमाडौं ।

उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले नेपाली टोलीलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमालस्थलमा स्वागत गरे ।स्वागत गर्दै एन्फाका महासचिव किरण राईले खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको र अपराजित रहँदै फर्केको बताए । साथै राईले टेक्निकल्ली मात्र पेनाल्टीमा पराजित हुँदा एसियन कपमा पुग्न नसक्दा दु:ख लागेको बताए ।

 

यस्तै यसै छनोटबाट नेपालको कप्तान नियुक्त भएकी सावित्रा भण्डारी साम्बाले अवसरलाई सही तरिकाले सदुपयोग गरेको बताइन् । ‘हामी २ गोलले पछाडि हुँदा पनि गोल फर्कायौं, त्यसमा ५०-५० चान्स थियो जहाँ हामी चुक्यौं’ उनले भनिन्, ‘कोचिङ स्टाफ र बेन्चबाट निरन्तर सपोर्ट आइरहेको थियो।’समग्रमा भन्नुपर्दा हामीले धेरै कुराहरू सिक्ने मौका पायौं, हामीभन्दा माथिल्लो टिमसँग खेल्न पायौं’ उनले अगाडि थपिन्, ‘प्रशिक्षकले पनि हामीलाई धेरै फरक तरिकाले मोटिभेट गराइरहनुभएको थियो।’प्रशिक्षक प्याट्रिक डे वाइल्ड भने नेपाली टोलीसँग फर्किएका छैनन् । उनी उतैबाट बेल्जियम गएको एन्फाले जनाएको छ ।

 

छनोटको समूह एफमा रहेको नेपाल निर्णायक खेलमा घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टीसुटआउटमा पराजित भएपछि अर्को वर्ष मार्चमा अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुन सकेन ।जित्नैपर्ने खेलमा निर्धारित समयको खेल ३-३ को बराबरीमा सकिएपछि खेल र समूह विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको थियो । एसियन कपमा छनोट हुन असफल भएपनि बलियो उज्बेकिस्तानसँग दुई गोलले पछि परेको स्थितीमा पुनरागमन गर्दै खेल बराबरी गर्न सफल नेपाली महिला टोलीको प्रशंसा भएको थियो । नेपालको मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पनि आफ्नो खेलाडीहरु प्रति गर्व लागेको बताएका थिए । साथै उनले नेपाली खेलाडीहरुमा राम्रो सम्भावना भएको बताएका थिए ।

 

समूह एफमा नेपालले लाओसलाई ९-० र श्रीलंकालाई ८-० पराजित गर्दै सानदार सुरुवात गरेको थियो । तर अन्तिम खेलमा उज्बेकिस्तानसँग भने नेपाललाई भाग्यले साथ दिएन । छनोट भएको उज्बेकिस्तानले एसियन कपमा स्थान बनाउनुका साथै फिफा वुमन्स विश्वकप र ओलम्पिकको छनोटका लागि ढोका खोलेको छ । नेपालका लागि भने एसियन कपका साथै विश्वकप र ओलम्पिक सबैको सम्भावना सकिएको छ । यसअघिका कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले भने यस पटक कुनै खेल खेल्न पाएनन् । उनले पहिलो रोजाईँमा खेल्न नपाएपछि कप्तानी पदका साथै पहिलो रोजाइमा पोष्ट सम्हाल्न समेत पाइनन् । उनको स्थानमा अन्जना राना मगरले तीनै खेलमा पहिलो रोजाइमा पोष्ट सम्हालेका थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ, दुई हजार १०० फरार
देशभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ, दुई हजार १०० फरार
तनहुँमा ग्यास बोकेको बुलेट दुर्घटनाः चालकको मृत्यु
तनहुँमा ग्यास बोकेको बुलेट दुर्घटनाः चालकको मृत्यु
भेरी नदीमा जलसतह बढ्दै, सतर्कता अपनाउन प्रशासनको आग्रह
भेरी नदीमा जलसतह बढ्दै, सतर्कता अपनाउन प्रशासनको आग्रह
वीर अस्पतालको निर्देशकमा डा दीलिप शर्मा
वीर अस्पतालको निर्देशकमा डा दीलिप शर्मा
अफताब आलमलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध सरकार पुग्यो सर्वोच्च
अफताब आलमलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध सरकार पुग्यो सर्वोच्च
मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा
मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा
सुर्खेतबाट प्रचण्डको चेतावनी– यो सरकारले कर्णालीलाई गरेको अपमान सह्य छैन
सुर्खेतबाट प्रचण्डको चेतावनी– यो सरकारले कर्णालीलाई गरेको अपमान सह्य छैन
राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का
राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का
सेयर बजारमा २६ अङ्कको गिरावट, साढे ६ अर्बको कारोबार
सेयर बजारमा २६ अङ्कको गिरावट, साढे ६ अर्बको कारोबार
अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो : सेफ साह
अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो : सेफ साह