टेक्सासमा आएको भीषण बाढीमा परी कम्तीमा १३ को मृत्यु, २० भन्दा बढी बेपत्ता
२१ असार, अमेरिका ।
अमेरिकाको टेक्सास राज्यमा आएको भीषण बाढीका कारण १३ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी किशोरीहरू बेपत्ता भएका छन्। टेक्सासमा आएको आकस्मिक बाढीपछि उद्धारकर्मीहरू उद्दार र बेपत्ता भएका व्यक्तिहरूको खोजीमा खटिएका छन्। अहिलेसम्म कम्तीमा १३ जनाको मृत्यु भइसकेको त्यहाँको प्रहरीले जनाएको छ। साथै एउटा समर क्याम्पमा गएका २० भन्दा बढी किशोरीहरू बेपत्ता भएका छन्।
टेक्सासका उपराज्यपाल ड्यान प्याट्रिकका अनुसार ४५ मिनेटमै ग्वाडालुप नदी २६ फिटले बढेको थियो र त्यो विनाशकारी बाढीका रुपमा परिणत हुन पुग्यो। स्थानीय बासिन्दाहरू आफ्ना हराइरहेका आफन्तको खोजीमा सामाजिक सञ्जालमार्फत अपील गरिरहेका छन्। खोजी कार्यमा सर्वसाधारण पनि सक्रिय रहेको जनाइएको छ। केर काउन्टीका प्रमुख अधिकारीका अनुसार, उक्त क्षेत्रमा कुनै बाढी पूर्वसूचना प्रणाली नै नरहेको जनाइएको छ। जसका कारण मानिसहरू भाग्नका लागि समय नपाएको जनाइएको छ। भिषण बाढीका कारण भएको धनजनको क्षतिका कारण टेक्सासभर आज अमेरिकी स्वतन्त्रता दिवस का सबै कार्यक्रम र उत्सवहरू रद्द गरिएको जनाइएको छ।
Post Comment