पर्सा गाउँपालिकाको १५औ गाउसभा सप्पन्न, ३४ करोड ३१ लाखको बजेट प्रस्तुत
१३ असार, सर्लाही ।
सर्लाहीको पर्सा गाउँपालिकाले शुक्रबार १५ औँ गाउँ सभामा आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिका अध्यक्ष धीरेन्द्र राय (विस्पत) ले गाउँ सभामा ३४ करोड ३१ लाख ८६ हजार रुपियाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो । यो सँगै सर्लाहीमा २० वटै पालिकाले बजेट ल्याएका छन् ।
स्थानीय तहले असार १० गतेभित्र आ–आफ्नो गाउँ तथा नगर सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान रहेपनि पर्सा गाउँपालिकामा भने बजेट बाँडफाँडको विषयमा उपाध्यक्ष र वडाध्यक्षको गाउँपालिका अध्यक्षसँग सहमती नहुँदा तीन दिन ढिलो गरी गाउँ सभा गरिएको हो । शुक्रबार गाउँसभाको उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष नुतन देवीसहित वडाध्यक्षहरु समेत सहभागी हुनुभएको छ ।भूगोलको हिसाबले जिल्लाकै सानो (२३.१२) बर्ग किलोमिटरमा फैलिएको पर्सा गाउँपालिकाले कृषि, सिँचाई, शिक्षा, स्वास्थ्य, सडक ढलान र भौतिक पूर्वाधारलाई प्राथमिकता दिएर बजेट ल्याएको छ ।
सर्लाहीका अन्य १९ पालिकाले असार १० गतेभित्रै नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । पर्सा गाउँपालिकाको १५ औँ गाउँ सभाको मधेश प्रदेशसभा सदस्य जङ्गीलाल रायको प्रमुख आतिथ्यता तथा छिमेकी हरिपूर्वा नगरपालिकाका नगर प्रमुख विनोदकुमार साह तेली र कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाही पुष्पराज गुरागाईंको विशिष्ठ आतिथ्यतामामा उद्घाटन गरिएको हो ।
Post Comment