१४ असार २०८२, शनिबार

एमालेले विधान महाधिवेशनका लागि तीन नेतालाई जिम्मेवारी तोक्यो

नेकपा एमालेले भदौमा विधान महाधिवशेनको लागि तयारी सुरु गरेको छ । बुधबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित तीन नेतालाई जिम्मेवारी तोकेको छ । पार्टी अध्यक्ष ओलीलाई राजनीतिक प्रतिवेदन लेख्न, उपाध्यक्ष विष्णु पौडेललाई विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलाई संगठनात्मक प्रस्ताव तयार पार्ने जिम्मेवारी तोकेको सचिव पद्मा अर्यालले  बताइन् ।

उनले भनिन्, ‘आजको सचिवालय बैठकले तीन नेताहरूलाई जिम्मेवारी तोकेको छ । अध्यक्षले राजनीतिक प्रतिवेदन लेख्नुहुन्छ । उपाध्यक्ष विष्णु कमरेडले विधान संशोधनसम्बन्धी प्रतिवेदन र महासचिव शंकर कमरेडले संगठनात्मक प्रतिवेदन लेख्नु हुन्छ ।’ २ साउनमा पोलिटब्युरो र ५ साउनमा केन्द्रीय कमिटी बैठक बोलाइएको पनि अर्यालले जानकारी दिइन् । बैठकले दोस्रो विधान महाधिवेशन आगामी २० भदौमा ललितपुरस्थित सनराइज हलमा आयोजना गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment