Press 4K
बुधबार, ३१ भाद्र २०८३

आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ८, २०८२
|
|
३० पटक हेरिएको
Shares
आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

सारांश

  • वीरगन्जको प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था हरि खेतान बहुमुखी क्याम्पस अहिले रणमैदानमा परिणत भएको छ ।
  • क्याम्पस सञ्चालक समिति र प्राध्यापक संघबीचको आन्तरिक शक्ति संघर्ष र खिचातानीका कारण करिब ४ हजार विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिएको छ ।
  • सोमबारदेखि सञ्चालन हुने भनिएको त्रैमासिक परीक्षा अन्तिम समयमा आएर आकस्मिक रूपमा रद्द गरिएपछि आक्रोशित विद्यार्थीहरू सडकमा उत्रिएका छन् ।

८ चैत,वीरगन्ज ।

वीरगन्जको प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था हरि खेतान बहुमुखी क्याम्पस अहिले रणमैदानमा परिणत भएको छ । क्याम्पस सञ्चालक समिति र प्राध्यापक संघबीचको आन्तरिक शक्ति संघर्ष र खिचातानीका कारण करिब ४ हजार विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिएको छ ।

सोमबारदेखि सञ्चालन हुने भनिएको त्रैमासिक परीक्षा अन्तिम समयमा आएर आकस्मिक रूपमा रद्द गरिएपछि आक्रोशित विद्यार्थीहरू सडकमा उत्रिएका छन् । लामो समयदेखि तयारी गरेर परीक्षा दिन क्याम्पस पुगेका ३ हजारभन्दा बढी विद्यार्थीहरू त्यतिबेला छाँगाबाट खसेझैँ भए, जब प्रशासनले ‘परीक्षा स्थगित’ को सूचना टाँस्यो । कलेज प्रशासन, क्याम्पस प्रमुख र सञ्चालक समितिको गैरजिम्मेवारीपन विरुद्ध विद्यार्थीहरूले क्याम्पसको मूलढोकामा धर्ना दिँदै नाराबाजी गरे । ‘हाम्रो भविष्यमाथि राजनीति गर्न पाइँदैन, आन्तरिक झगडाले परीक्षा रोक्न पाइँदैन’ भन्दै विद्यार्थीहरूले क्याम्पस परिसरबाट विरोध ¥याली निकालेका थिए । घण्टाघरमा चक्काजाम र प्रहरीसँग ठेलमठेल क्याम्पसबाट निस्किएको आक्रोशित विद्यार्थीहरूको समूह वीरगन्जको मुटु मानिने घण्टाघर चोकमा पुगेर टायर बाल्दै प्रदर्शनमा उत्रियो । प्रदर्शनका कारण वीरगन्जको मुख्य सडक दुवैतर्फी रूपमा अवरुद्ध भयो भने यातायात पूर्णतः ठप्प बन्यो ।

स्थिति नियन्त्रण बाहिर जान लागेपछि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रदर्शनका क्रममा आक्रोशित भीडले सामान्य तोडफोडको प्रयास गरेपछि प्रहरी र विद्यार्थीबीच ठेलमठेल भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही विद्यार्थीहरूलाई नियन्त्रणमा समेत लिएको छ । के हो विवादको चुरो ? क्याम्पसका प्राध्यापक दिलीप कुमारका अनुसार प्राध्यापक संघले विभिन्न १६ बुँदे माग राख्दै गत फागुन ३ गते नै सञ्चालक समितिलाई पत्र बुझाएको थियो । ‘हामीले ७ गतेसम्मको अल्टिमेटम दिएका थियौँ, तर व्यवस्थापन समितिले हाम्रा मागप्रति कुनै चासो देखाएन,’ उनले भने, ‘विवश भएर हामी आजदेखि अनिश्चितकालीन हडतालमा जानुपरेको हो ।’

सञ्चालक समिति, प्रशासन र प्राध्यापकहरूबीचको यो ‘अहंकारको लडाइँ’ ले बारा र पर्साका दुर्गम क्षेत्रबाट आएर अध्ययन गर्ने विद्यार्थीहरू मारमा परेका छन् । पटक–पटक हुने यस्ता प्रशासनिक विवादले पठनपाठन र परीक्षा प्रभावित हुनुले क्याम्पसको शाखमा समेत गम्भीर धक्का पुगेको छ । स्थानीयको चिन्ताः सरोकारवाला मौन किन ?सामुदायिक क्याम्पस जस्तो पवित्र मन्दिरलाई राजनीतिक अखडा र व्यक्तिगत स्वार्थपूर्तिको थलो बनाइनु दुःखद भएको स्थानीय अभिभावकहरूको गुनासो छ । सरोकारवाला निकाय, स्थानीय प्रशासन र शिक्षा विभागले समयमै हस्तक्षेप गरी यो विवाद समाधान नगरे ४ हजार विद्यार्थीको शैक्षिक सत्र नै बर्बाद हुने जोखिम बढेको छ । वीरगन्जको शैक्षिक वातावरण बिग्रन नदिन तत्काल संवादको पहल गर्नुपर्ने माग उठिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाविरुद्धको पहिलो टी-२० मा नेपाल १७ रनले विजयी
अमेरिकाविरुद्धको पहिलो टी-२० मा नेपाल १७ रनले विजयी
रौतहटमा कार र ट्याक्टर ठोकिँदा १ जना मजदुरको मृत्यु
रौतहटमा कार र ट्याक्टर ठोकिँदा १ जना मजदुरको मृत्यु
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा तीन कम्पनीको अनुमतिपत्र खारेज
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा तीन कम्पनीको अनुमतिपत्र खारेज
मधेशको संकटबारे गृहमन्त्री- सरकार गम्भीर छ, चाँडै आवश्यक कदम चाल्छ
मधेशको संकटबारे गृहमन्त्री- सरकार गम्भीर छ, चाँडै आवश्यक कदम चाल्छ
२४ घण्टाभित्र बझाङमा १२ वटा भूकम्पको धक्का
२४ घण्टाभित्र बझाङमा १२ वटा भूकम्पको धक्का
साइबर सुरक्षा र डिजिटल संरक्षण सम्बन्धी तालीमा सुुरु
साइबर सुरक्षा र डिजिटल संरक्षण सम्बन्धी तालीमा सुुरु
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोवार ?
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोवार ?
बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यू-२० च्याम्पियनसिपबाट बाहिरियो
बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यू-२० च्याम्पियनसिपबाट बाहिरियो
प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु
प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु
आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...