वास्तविक सुकुम्बासी स्थानान्तरण गरेर नदी किनार खाली गर्न सर्वोच्चको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १, २०८१
|
|
१६ पटक हेरिएको
Shares
वास्तविक सुकुम्बासी स्थानान्तरण गरेर नदी किनार खाली गर्न सर्वोच्चको आदेश

सारांश

  • सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश दिएको छ ।
  • न्यायाधीश डा.
  • आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले ३ पुस २०८० मा गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ ।

१ साउन, काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश दिएको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले ३ पुस २०८० मा गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ । जसमा वास्तविक सुकुम्बासीको स्थानान्तरण गरेर नदी किनारका सरकारी जग्गा खाली गर्न भनिएको छ । अदालतले वास्तविक सुकुम्बासीको पहिचान गरी स्थानान्तरणका लागि हाल इचंगुनारायणमा बनेको आवासमा स्थानान्तरण गर्ने विकल्प दिएको छ । यदि उक्त सुविधाले नपुग्ने भए आवश्यक संख्यामा अन्यत्र आवासको व्यवस्था गर्ने, ती स्थानमा जान नचाहने वास्तविक सुकुम्बासीलाई स्थानान्तरणको सहजीकरणकालागि तत्काल राहतका रुपमा पैसा दिएर भए पनि अतिक्रमण हटाउन आदेश दिएको छ ।

नदी किनारका सुकुम्बासी हटाउँदा पहिलो चरणमा बाढीको जोखिममा रहेका घर टहरा हटाउने, त्यसपछि नदी किनार र सडकबीचको हरियाली क्षेत्र ओगटेर बसेकाहरुलाई हटाउन सर्वोच्चले आदेश दिएको छ । यो काम गर्न काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहहरुको समन्वय चाहिने भन्दै सर्वोच्चले यो काम अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले गर्ने भनेको छ ।

सर्वोच्चको आदेशको एक खण्ड:-

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात
एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात
‘ट्रयाक’ खुलेको २२ वर्षपछि मजुवा–नेपाने सडक कालोपत्र
‘ट्रयाक’ खुलेको २२ वर्षपछि मजुवा–नेपाने सडक कालोपत्र
वर्षायाममा हुन सक्ने महामारी रोक्न स्वास्थ्य मन्त्रालयले गर्‍यो ६ निर्णय
वर्षायाममा हुन सक्ने महामारी रोक्न स्वास्थ्य मन्त्रालयले गर्‍यो ६ निर्णय
पर्साबाट अवैध लागूऔषध गाँजा बरामद
पर्साबाट अवैध लागूऔषध गाँजा बरामद
संसदमा आज प्रधानमन्त्री र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर हुने
संसदमा आज प्रधानमन्त्री र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर हुने
सुवर्ण गाउँपालिकाको १४ औ विशेष गाउँसभा सम्पन्न
सुवर्ण गाउँपालिकाको १४ औ विशेष गाउँसभा सम्पन्न
मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
निःशुल्क तीन दिने हाडजोर्नी, नशा र फिजियोथेरापी शिविरमा ३१० जनालाई सेवा
निःशुल्क तीन दिने हाडजोर्नी, नशा र फिजियोथेरापी शिविरमा ३१० जनालाई सेवा
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
३ वर्षमा ७३१ अन्तर्राष्ट्रिय उडान, ४५ हजार यात्रु
३ वर्षमा ७३१ अन्तर्राष्ट्रिय उडान, ४५ हजार यात्रु