भ्रष्टाचारीहरूको लर्कोमा मलाई नजोड्नुहोला : बाबुराम भट्टराई

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ १०, २०८२
|
|
३० पटक हेरिएको
Shares
भ्रष्टाचारीहरूको लर्कोमा मलाई नजोड्नुहोला : बाबुराम भट्टराई

सारांश

  • पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा.
  • बाबुराम भट्टराईले देशमा भ्रष्टाचारीहरूको लर्को लागेको र त्यसमा आफूलाई नजोड्न आग्रह गरेका छन् ।
  • आफूले राज्य र समाजलाई हानी हुने गरी एक रुपैयाँ नखाएको जिकिर गर्दै संविधान सभामा हुँदादेखि नै छानबिन गर्न उनले आह्वान गरेको बताए ।

१० असार, पोखरा ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचारीहरूको लर्को लागेको र त्यसमा आफूलाई नजोड्न आग्रह गरेका छन् । आफूले राज्य र समाजलाई हानी हुने गरी एक रुपैयाँ नखाएको जिकिर गर्दै संविधान सभामा हुँदादेखि नै छानबिन गर्न उनले आह्वान गरेको बताए । मुख्य ३ दलका नेताहरू भ्रष्टाचारको दलदलमा फस्दै गएको बताउँदै भट्टराईले भ्रष्टाचारीहरूको लर्कोमा आफूलाई नजोड्न आग्रह गरेका हुन् ।

‘भ्रष्टाचारीहरूको यहाँ लर्को लागेको छ, त्यसमा बाबुराम भट्टराईलाई पनि जोड्ने प्रयत्न कसैले नगरिदिनुहोला । त्यो कसैले पत्याउँदैन,’ भट्टराईले भने, ‘हात्ति र हात्तिछाप चप्पल उस्तै हो नानु भनेर विज्ञापन गर्नु भएन, त्यो हाँस्यास्पद कुरा हुन्छ ।’ पूर्वप्रधानमन्त्री भट्टराईलाई पनि ललिता निवास प्रकरणमा जोड्ने गरिएको छ । कहीँकतै एक रुपैयाँ राज्य र समाजलाई नोक्सान हुने काम गरेको छ भने छानबिन गर्न भट्टराई सरकारलाई चुनौती दिए । ‘अहिले पनि चुनौती दिन्छु, म रेकर्डमै छु, त्यतिबेला संविधान सभामा छँदै छानबिन गर्न मैबाट सुरु गनुस् भनिराखेकै छु । त्यो गर्ने आँट कोही पनि गर्दैन । बाबुराम भट्टराईको बारेमा कसैले औंला ठड्याउन सकेको छैन,’ भट्टराईले भने, ‘छानबिन गर्न पनि सक्दैन, सक्छ भने अहिले नै म ठाडो चुनौती दिन चाहन्छु ।’

ठेकेदार तथा कमिसनखोरहरूबाट पैसा लिएर चुनाव जित्ने अनि सत्तामा पुगेपछि तिनै ठेकेदार र कमिसनखोरहरूलाई गुन लगाउनका निम्ति राज्यको स्रोत दोहन गर्ने प्रवृति रहेको बताएका छन् । पहिले यो रोग कांग्रेसमा, त्यसपछि एमाले अनि माओवादीमा सरेको भट्टराईको आरोप छ । युवाहरूमा चरम निरासा आक्रोश बढ्दै गएको, विदेशिनेको लर्को थपिँदै गएको, भ्रस्टाचारको चाङ उकालो लाग्दै गएको र समाग्र कृषि, वित्तीय, औद्योगिक क्षेत्रका समस्याहरू ज्यूँकात्यूँ रहेको उनको भनाइ थियो । त्यसकाविरुद्ध निर्णायक तहको आन्दोलन गर्नुपर्छ र देशलाई भरपर्दो अग्रगामी विकल्प दिनुपर्छ भन्ने निर्णय गरेको उनले बताए । संघ, प्रदेश र स्थानीय तहमा प्रमुख ३ वटा दलका नेताहरूको भ्रस्टाचारजन्य गतिविधि, कमिसनखोरहरूको जुन पकड बनेको छ, त्यसलाई तोड्नुपर्ने उनको भनाइ छ । भ्रस्टाचारका विषयमा अनुसन्धान गर्न अधिकार सम्पन्न प्राधिरण बनाउन उनले माग गरेका छन् ।

‘नाम जे सुकै दिए पनि हुन्छ, उसले प्रधानमन्त्रीदेखि लिएर सबैको छानबिन गरेर कठघरामा उभ्याओस्,’ डा. भट्टराईले भने, ‘अदालतको पुनर्संरचना गरेर निश्पक्ष खालको अदालत बनोस् । स्थानीय तहमा जनलोकपाल गठन गरेर तिनले चाहिँ संस्थागत भ्रस्टाचारलाई सुधार गर्न सकौं ।’ भिजिट भिसा प्रकरणमा संस्थागत रुपमा भ्रष्टाचार भएको डा. भट्टराईको भनाइ थियो । मन्त्री, सचिवहरूको मिलिभगतमै अध्यागमनलगायतमा भ्रस्टाचार भएको बताउँदै भट्टराईले समग्र ढंगबाटै छानबिन हुनुपर्ने बताए । पहिले जे कुरा आएको छ, त्यसको निश्पक्ष ढंगले छानबिन हुनुपर्ने र दोस्रो कुरा यो अहिलेदेखि नभएर धेरै पहिलेदेखि नै भएको देखिने भट्टराईको भनाइ थियो । शंकाको घेरामा आएकाहरूको संसदीय छानबिनबाटै जानुपर्ने भट्टराईले बताए । आफूहरू नै नेपालको वैकल्पिक राजनीतिको रुख भएको बताएका छन् । वैकल्पिक शक्ति निर्माणको चरणमा पातहरू खस्ने, फेरि पलाउनेजस्तो पार्टीमा पनि जाने–आउने क्रम चलिरहने उनको भनाइ थियो ।

अहिले वैकल्पिक राजनीतिमा अरु देखिए पनि आफूहरू नै वैकल्पिक राजनीतिको रुख भएको र अरु त्यसको हाँगाबिगामात्रै भएको उनको टिप्पणी थियो । निरन्तर वैकल्पिक शक्ति निर्माणको अभियानमा लागेकाले एक दिन सफल भएर यो देशको नेतृत्व गर्ने सपना डा. भट्टराईले सुनाए । वैकल्पिक शक्तिहरूसँग जनताका मुद्धामा सहकार्य गर्दै अगाडि बढ्ने निर्णय नै गरिएको डा. भट्टराईको भनाइ थियो । पुराना, बेइमान र गन्हाएकाहरूसँग अब सहकार्य नगर्ने उनले बताए । वार्ता समिति बनाएर विभिन्न शक्तिहरूसँग छलफल भइरहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई ५लाख र भण्डारीसँग १ लाख धरौटी माग
पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई ५लाख र भण्डारीसँग १ लाख धरौटी माग
अर्घाखाँचीको शितगंगामा बस दुर्घटना, चार जनाको मृत्यु
अर्घाखाँचीको शितगंगामा बस दुर्घटना, चार जनाको मृत्यु
ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित
ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित
राप्रपाका संस्थापक बलाराम घर्ती मगरको निधन
राप्रपाका संस्थापक बलाराम घर्ती मगरको निधन
रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले कृषि मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै
रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले कृषि मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै
मनसुनका बेला मधेश प्रदेश सुक्खाग्रस्त घोषणा
मनसुनका बेला मधेश प्रदेश सुक्खाग्रस्त घोषणा
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति झलनाथ खनालको आपत्ति
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति झलनाथ खनालको आपत्ति
दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
१ करोड ४२ लाखको सामग्रीसहित ट्रक नियन्त्रणमा
१ करोड ४२ लाखको सामग्रीसहित ट्रक नियन्त्रणमा
सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना
सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना