Press 4K
बुधबार, २७ जेठ २०८३

ओलीको रिहाइको माग गर्दै रिट दायर, सोमबार बहस हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १५, २०८२
|
|
२७ पटक हेरिएको
Shares
ओलीको रिहाइको माग गर्दै रिट दायर, सोमबार बहस हुने

सारांश

  • केपी शर्मा ओलीलाई हिरासतबाट मुक्त गरिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
  • आज दर्ता भएको रिटमाथि बहस भने सोमबार हुनेछ ।
  • एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो ।

 

१५ चैत,काठमाडौं ।

केपी शर्मा ओलीलाई हिरासतबाट मुक्त गरिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज दर्ता भएको रिटमाथि बहस भने सोमबार हुनेछ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो ।

गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो । ओलीकी पत्नी राधिका शाक्यका तर्फबाट दायर उक्त रिट हाल दर्ता प्रक्रियामा रहेको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए । रिटमा गौरी बहादुर कार्कीको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा मात्रै पक्राउ गरी थुनामा राखिएको कार्य गैरकानूनी रहेको जिकिर गरिएको छ ।

कुनै पनि छानबिन निकायको सुझाव वा प्रतिवेदनकै भरमा व्यक्तिलाई सीधै पक्राउ गर्ने प्रक्रिया कानूनसम्मत नहुने उल्लेख गर्दै ओलीको रिहाइको माग गरिएको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...