११ महिनामा यूएईमा २८१ नेपालीको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ५, २०८२
|
|
२३ पटक हेरिएको
Shares
११ महिनामा यूएईमा २८१ नेपालीको मृ*त्यु

सारांश

  • चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेकामध्ये २८१ नेपालीको मृत्यु भएको छ ।
  • यूएईस्थित नेपाली दूतावासका अनुसार, २०८१ साउन १ देखि २०८२ जेठ मसान्तसम्मको अवधिमा यूएईमा उक्त संख्यामा नेपालीको मृत्यु भएको हो ।
  • दूतावासले सार्वजनिक गरेको विवरणअनुसार २०८१ साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७, चैतमा १७, २०८२ वैशाखमा ३५ र जेठमा २० नेपालीको मृत्यु भएको छ ।

५ असार, काठमाडौं ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेकामध्ये २८१ नेपालीको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार, २०८१ साउन १ देखि २०८२ जेठ मसान्तसम्मको अवधिमा यूएईमा उक्त संख्यामा नेपालीको मृत्यु भएको हो ।

दूतावासले सार्वजनिक गरेको विवरणअनुसार २०८१ साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७, चैतमा १७, २०८२ वैशाखमा ३५ र जेठमा २० नेपालीको मृत्यु भएको छ । पछिल्लो ११ महिनामा प्रत्येक महिना औसतमा २५ जनाभन्दा बढी नेपाली कामदारको मृत्यु यूएईमा भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष प्रत्येक महिना औसतमा १९ जनाभन्दा बढी नेपालीको मृत्यु यूएईमा भएको थियो । सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटुसम्बन्धी रोग लगायतका कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घट्यो सेयर बजार, साढे २१ अर्बमा खुम्चियो कारोबार
घट्यो सेयर बजार, साढे २१ अर्बमा खुम्चियो कारोबार
शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव
शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव
नेप्सेको सीईओ बन्न १० जनाले दिए आवेदन
नेप्सेको सीईओ बन्न १० जनाले दिए आवेदन
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कार्यवाही हुन्छ : मुख्यमन्त्री सिंह
माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कार्यवाही हुन्छ : मुख्यमन्त्री सिंह
नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्दै दुर्गा प्रसाईको अपिल
नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्दै दुर्गा प्रसाईको अपिल
सुनचाँदी व्यवसायी संघ सर्लाहीको निर्वाचनमा धाँधलीको आरोप
हिप्नोथेरापी तन्त्र र उर्जा उपचारको नयाँ शाखा बुटवलमा
हिप्नोथेरापी तन्त्र र उर्जा उपचारको नयाँ शाखा बुटवलमा