सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

निजामती विधेयक अड्किएकोमा संसदीय समितिका सभापति असन्तुष्ट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ५, २०८२
|
|
४६ पटक हेरिएको
Shares
निजामती विधेयक अड्किएकोमा संसदीय समितिका सभापति असन्तुष्ट

सारांश

  • निजामती विधेयक संसद्मै अड्किएकोमा संसदीय समितिका सभापति नै असन्तुष्ट बनेका छन् ।
  • प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले छिट्टै निजामती विधेयक अगाडि बढाउन सरकारसँग माग गरेका छन् ।
  • सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति खतिवडालाई नागरिकता ऐन संशोधन विधेयक पेस गर्न समय दिएका थिए ।

५ असार, काठमाडौं ।

निजामती विधेयक संसद्मै अड्किएकोमा संसदीय समितिका सभापति नै असन्तुष्ट बनेका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले छिट्टै निजामती विधेयक अगाडि बढाउन सरकारसँग माग गरेका छन् ।सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति खतिवडालाई नागरिकता ऐन संशोधन विधेयक पेस गर्न समय दिएका थिए ।

नागरिकता ऐन संशोधन विधयकको प्रतिवेदन पेस गर्न रोष्ट्रम पुगेका सभापति खतिवडाले नागरिकता ऐन संशोधन विधेयकको प्रतिवेदन अड्किएको स्मरण गरे । ‘सभामुख महोदय, राज्य व्यवस्था तथा सुशासन समितिबाट हामीले पेस गरेको निजामती विधेयक पनि यहाँ आएर बसेको छ । कार्यसूचीमा आज प्रवेश गरेको देखिनँ । छिट्टै त्यो पनि कार्यसूचीमा आएर पारित हुने विश्वास मैले लिएको छु,’ सभापति खतिवडाले भने । सभापति खतिवडाले नै १ असारमा निजामती सेवा विधेयकको प्रतिवेदन पेस गरेका थिए । उक्त विधेयकलाई पारित गर्ने कार्यसूची गत मंगलबार नै तय भएको थियो । तर, त्यस दिन सभा उक्त कार्यसूचीमा प्रवेश नै गरेन । बिहीबार बसेको प्रतिनिधिसभाको कार्यसूचीमा निजामती सेवा विधेयकको प्रतिवेदन पास गर्ने विषय नपरेपछि संसदीय समितिका सभापति खतिवडाले असन्तुष्टि जनाएका हुन् ।

आफ्नो असन्तुष्टिलाई उनले रोष्ट्रमबाटै व्यक्त गरेका हुन् । निजामती विधेयकमा रहेको सरकारी कर्मचारीले अवकाश पाएपछि वा राजीनामा दिएपछि २ वर्षसम्म संवैधनिक वा अन्य नियुक्ति नपाउने सम्बन्धी प्रावधान छ । यसलाई कुलिङ पिरियडको रुपमा लिइन्छ । कुलिङ पिरियडको विषयमा उच्च पदस्थ कर्मचारीको असन्तुष्टि रहेको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले समेत या विषयमा चासो राखेका छन् । कतै विधेयक रोकिन्छ कि भन्ने प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका सांसदहरूले पनि सरकारको ध्यानाकर्षण गरिरहेका छ्न् । यही बेला निजामती विधेयक अड्किएकोमा संसदीय समितिका सभापतिले पनि अगाडि बढाउन माग गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माफी माग्दै गगन थापाले सार्वजनिक गरे आफ्नो भिडिओ सन्देश
माफी माग्दै गगन थापाले सार्वजनिक गरे आफ्नो भिडिओ सन्देश
११ वर्षपछि एमाले बैठकमा वरिष्ठ नेता बनेर सहभागी हुँदै विद्या भण्डारी
११ वर्षपछि एमाले बैठकमा वरिष्ठ नेता बनेर सहभागी हुँदै विद्या भण्डारी
चामल किन्न नपरेको अभिव्यक्तिका कारण कृषिमन्त्रीले दिए राजीनामा
चामल किन्न नपरेको अभिव्यक्तिका कारण कृषिमन्त्रीले दिए राजीनामा
माधव नेपालसहितलाई प्रतिवादी बनाइएको पतञ्जलि जग्गा हिनामिनाको मुद्दा पेसीमा
माधव नेपालसहितलाई प्रतिवादी बनाइएको पतञ्जलि जग्गा हिनामिनाको मुद्दा पेसीमा
नगर कार्यपालिकाको कार्यालय कविलासी सर्लाहीको सार्वजनिक अनुरोध !
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृ*त्यु, उक्त औषधि नेपालमा पनि छ?
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृ*त्यु, उक्त औषधि नेपालमा पनि छ?
धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन
धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन
सिमलतालमा बस र ट्रक ठोक्किए र दुर्घटना
सिमलतालमा बस र ट्रक ठोक्किए र दुर्घटना
संघीय मामिला मन्त्रालयद्वार ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
संघीय मामिला मन्त्रालयद्वार ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
छठ पर्व सुरु, आज नहाय खाय
छठ पर्व सुरु, आज नहाय खाय