अदालतमा उपस्थित भए रवीन्द्र मिश्र, तारादेवी महर्जनको इजलासमा थुनछेक बहस हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३, २०८२
|
|
२८ पटक हेरिएको
Shares
अदालतमा उपस्थित भए रवीन्द्र मिश्र, तारादेवी महर्जनको इजलासमा थुनछेक बहस हुने

सारांश

  •   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालत हाजिर भएका छन्।
  • तीनकुनेको आन्दोलनलाई लिएर पक्राउ परेका मिश्र सर्वोच्च अदालतको आदेशले हाजिरी जमानीमा छुटेका थिए।
  • अदालतमा हाजिर भएसँगै उनको थुनछेक बयान र बहस न्यायाधीश तारादेवी महर्जनको इजलासमा हुनेछ।

३ असार, काठमाडौ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालत हाजिर भएका छन्। तीनकुनेको आन्दोलनलाई लिएर पक्राउ परेका मिश्र सर्वोच्च अदालतको आदेशले हाजिरी जमानीमा छुटेका थिए।अदालतमा हाजिर भएसँगै उनको थुनछेक बयान र बहस न्यायाधीश तारादेवी महर्जनको इजलासमा हुनेछ।

बयानपश्चात पुर्पक्षमा जेल चलान गर्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने मध्येको एक आदेश हुनेछ। सोमबार मात्र काठमाडौं जिल्ला अदालतले राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणालाई ३ लाख धरौटीमा छोड्ने आदेश गरेको थियो। गत चैत १५ गते पक्राउ परेका मिश्रलाई बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले हाजिरी जमानीमा छोडेको थियो। तर उनी प्रहरीले मु्द्दा अभियोजन गर्दा अदालतमा उपस्थित भएका थिएनन्। उनी प्रहरीको फरार सूचीमा थिए। आज थुनछेक बहस हुने भएपछि उनी अदालतमा उपस्थित भएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धान रोपाइँमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म (तस्वीरहरू)
धान रोपाइँमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म (तस्वीरहरू)
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर
तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
वीर अस्पतालमा उपचाररत थप दुई जनाको मृ*त्यु
वीर अस्पतालमा उपचाररत थप दुई जनाको मृ*त्यु
उदयपुरमा एक हजार १४३ किलो गाँजासहित दुई महिला पक्राउ
उदयपुरमा एक हजार १४३ किलो गाँजासहित दुई महिला पक्राउ
कार्यव्यस्तताका कारण सरकारको १०० बुँदे कार्यसूची हेरेको छैन : प्रचण्ड
कार्यव्यस्तताका कारण सरकारको १०० बुँदे कार्यसूची हेरेको छैन : प्रचण्ड
सभामुख घिमिरेबाट टीआरसी विधेयक प्रमाणित
सभामुख घिमिरेबाट टीआरसी विधेयक प्रमाणित
राप्रपा नेताहरुलाई रिहा गर्न माग गर्दै नाराबाजी, माइतीघरतर्फ लाग्यो जुलुस
राप्रपा नेताहरुलाई रिहा गर्न माग गर्दै नाराबाजी, माइतीघरतर्फ लाग्यो जुलुस
संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
तीन महिनाभित्रै पेट्रोल–मट्टितेल पनि पाइपलाइबाट ल्याउने तयारी
तीन महिनाभित्रै पेट्रोल–मट्टितेल पनि पाइपलाइबाट ल्याउने तयारी