टीबी शाह यू- १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशलाई
३१ जेठ, वीरेन्द्रनगर।
टीबी शाह स्मृति यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार भएको अन्तिम खेलमा बागमतीलाई ७ विकेटले हराउँदै मधेसले उपाधि हात पारेको हो। पहिलो पटक कर्णालीमा भएको १६ वर्षमुनीको टीबी शाह स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले पहिलो ऐतिहासिक उपाधि जित्न सफल भएको हो।
टस हारेर पहिला ब्याटिङको निम्ता पाएको बागमतीले निर्धारित ५० ओभरको खेलमा जम्मा ३३ ओभर मात्र खेल्दा आप्mनो सबै विकेट गुमाउँदै १ सय १२ को सामान्य स्कोर बनायो। बागमतीका लागि ओपनरद्धय सूर्यांशु कोईरालाले ७ बलमा १० जोड्दा प्रशिद्ध जैसी २५ रन बनाउँदै रन आउट भए। परिमर्जन यादवको बलमा सन्तु मण्डललाई क्याच थमाउँदै तेश्रो नम्बरका ब्याटर जोय थापा ६ रन जोडेर डगआउट फर्किँदा सलमान अली मुसलमानबाट बोल्ड हुँदै चौथो नम्बरका शिवशक्ति महतो जम्मा २ रनमा आउट भए। २३ बलमा ४ रन जोडेका अभी थपलिया सलमानको बलमा सन्तु मण्डलबाट क्याच आउट भएपछि बागमति धरापमा परेको थियो। मिडल अर्डरका रोहित ठाकुरले ४६ बलमा २२ तथा आशिष गुप्ताले १७ रन जोडे।
Post Comment