२६ जेष्ठ २०८२, आईतवार

रुपन्देहीको सम्मरीमाईमा जलेको अवस्थामा युवतीको श*व फेला

पन्देहीको सम्मरीमाई गाउँपालिकामा एक युवती जलेको अवस्थामा मृत भेटिएकी छन् । गाउँपालिकाको वडा नम्बर ५ स्थित मर्चवार क्षेत्रमा २२ वर्षीया सृजना पाल जलेको अवस्थामा आइतबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

छिमेकीले राति साढे १ बजेतिर खेतमा आगोको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए। मुस्लोमा शव रहेको स्थानीयले बताएका थिए। खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोली बिहान २ बजे त्यहाँ पुगेको थियो। मृतकका श्रीमान् र परिवारका सदस्यसहित स्थानीयलाई सोधपुछका लागि बोलाइएको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?